असोज १४, २०८३ बुधबार September 30, 2026

पीएम कपमा पुलिसको लगातार छैटौं जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौ : नेपाल पुलिस क्लबले जारी पीएम कपमा लगातार छैटौं जित हासिल गरेको छ ।

शुक्रबार त्रिवि मैदानमा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार छैटौं जित हासिल गरेको हो ।

कर्णाली प्रदेशले दिएको १७२ रनको लक्ष्य पछाएको पुलिस क्लबले २३.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो ।

पुलिसको जितमा दिलिप नाथले अविजित ७५ रन बनाएका थिए भने कुशल भुर्तेलले ४३ तथा कप्तान दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाएका थिए ।

यस अघि पहिला ब्याटिङ गरेको कर्णालीले ४२.५ ओभरमा अल आउट हुदै १७१ रन बनाएको थियो । कर्णालीका लागि निश्चल रावलले सर्बाधिक ५० रन बनाएका थिए ।

लामो समयपछि कम ब्याक गरेका बलर ललित भण्डारीले यस खेलमा २ विकेट लिएका थिए ।

यो जितपछि नेपाल पुलिस क्लबले ६ खेलमा अपराजित रहदै १२ अंक हासिल गरेको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै कर्णालीको भने ७ खेलमा ६ अंक रहेको छ र अंक तालिकामा सातौं स्थानमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार