बैसाख १९, २०८३ शनिबार May 2, 2026

कोरोना लडाँइमा बिजय भएर घर फर्किए ११ महिने बालक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ का ११ महिने कोरोना सङ्क्रमित बालक सुशांक सुनार उपचारपछि महाकाली अस्पतालबाट सोमबार डिस्चार्ज भएका छन् ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. हरिकुमार श्रेष्ठले कोभिड-१९ आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिकानुसार आइसोलेसन कक्षमा १४ दिन पूरा भई उपचारपछि निको भएपछि बालक सुनारलाई डिस्चार्ज गरिएको बताए ।

स्वास्थ्य आपतकालीन केन्द्र रामशाहपथको पत्रानुसार थप एक हप्ता होम आइसोलेसनमा बस्ने गरी डिस्चार्ज गरिएको उनले बताए । होम आइसोलेसनमा बस्दा चिकित्सकको नियमित सम्पर्कमा रहने गरी र स्वास्थ्य मन्त्रालयको जारी निर्देशिकामा उल्लेख गरिएका कुराको पालना गर्नेलगायतका कुरा सम्झाएर पठाइएको उनको भनाइ छ । कोरोना जितेका बालक र उनकी आमालाई टीका र खादा ओढाएर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बिदाइ गरेको हो ।

अस्पतालको आइसोलेसनमा भर्ना भएका भीमदत्त नगरपालिका-२ का ५० वर्षीय, महाकाली नगरपालिका-३ का ३८ वर्षीय र कागेश्वरी मनहरा नगरपालिका काठमाडौँका १८ र ३८ वर्षीय पुरुषलाई अस्पतालले आइतबार डिस्चार्ज गरेको थियो । अस्पतालमा ३० कोरोना सङ्क्रमित उपचाररत छन् ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाउँमै प्राथमिक उपचार सेवा उपलब्ध
२०८३ बैसाख १९, शनिबार
गाउँ पर्यटन ‘मार्टः परम्परागत ज्ञान , सीप र संस्कृतिको संरक्षणको अनुभव आदानप्रदान गर्ने साझा मञ्च
२०८३ बैसाख १९, शनिबार
मेची भन्सारद्वारा रु १३ अर्बभन्दा बढी राजश्व संकलन
२०८३ बैसाख १९, शनिबार
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
२०८३ बैसाख १९, शनिबार
म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो
२०८३ बैसाख १९, शनिबार
न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले
२०८३ बैसाख १९, शनिबार
अतिक्रमण हटाउने अभियान तीव्र : विस्थापित राख्न पाँच शिविर
२०८३ बैसाख १९, शनिबार