असोज १८, २०८३ आइतबार October 4, 2026

इजरायल सरकारद्धारा स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामग्री उपलब्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि इजरायल सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले कोरोना रोकथामका लागि पीपीई सेट, थर्मोमिटर, पन्जा, सर्जिकल मास्क, स्यानिटाइजर, सोडियम डिसइन्फेक्टेड लगायतका सामग्री उपलब्ध गराएका हुन् ।

राजदूत ओमेरले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त सामग्रीहरु उपलब्ध गराएका छन । सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्री ढकालले महामारीको चपेटामा रहेको बेला इजरायल सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपालका लागि महत्वपूर्ण हुने बताएका छन ।

उनले अप्ठ्यारो अवस्थामा स्वास्थ्य सामग्री उपलब्ध गराएर कोभिड–१९ को जोखिम न्यूनीकरण गर्न नेपाली जनताको साथमा इजरायल सरकार छ भन्ने सन्देश दिएको बताएका छन ।

इजरायल सरकारले पीपीई सेट (सुट एण्ड ट्रउजर, फेससिल, गगल्स, मास्क र पञ्जा) ५० थान, पीपीई बडी कभर ५ सय थान, थर्मोमिटर ५० थान, पन्जा १ सय ३० थान, स्यानिटाइजर ५ लिटरको ४० जार, स्यानिटाइजर ५ सय एमएल २ सय ३० बोतल, सोडियम डिसइन्फेक्टेड १ सय जार, पन्जा ५ सय थान, सर्जिकल मास्क ५ सय थान र अन्य मास्क ४ हजार थान सहयोग रुवरुप उपलब्ध गराएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज १८, आइतबार
प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्यदेखि नयाँ संविधानसम्मको प्रस्ताव
२०८३ असोज १८, आइतबार
कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे
२०८३ असोज १८, आइतबार
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार