असार ३०, २०८२ सोमबार July 14, 2025

आईओएमको रिक्त डीन पदका लागि तीन जनाको नाम सिफारिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को रिक्त डीन पदका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

प्रा. डा. प्रेम ज्ञवालीको संयोजकत्वमा गठित सर्च कमिटिले मंगलबार त्रिवि कार्यकारी समक्ष तीन जनाको नाम सिफारिस गरेको हो । समितिले डिनका लागि प्रा. डा. प्रदीप वैध, प्रा.डा. दिव्या सिंह शाह र प्रा.डा.उत्तमकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको हो ।

गत २१ जेठमा आईओएमका तत्कालीन डिन प्रा. डा. जगदिशप्रसाद अग्रवाल उमेर हदका कारण सेवा निवृत्त भएपछि डिन पद रिक्त छ । उनको समयावधि सकिएलगत्तै त्रिवि उपकुलपति प्रा. डा. धर्मकान्त बाँस्कोटाले आईओएमका प्रा. डा. प्रेम ज्ञवालीको संयोजकत्वमा ३ सदस्य डिन सिफारिस समिति गठन गरेका थिए ।

अब त्रिवि कार्यकारी परिषदको बैठकले सिफारिस भएका नाममध्येबाट एक जनालाई डिनमा नियुक्त गर्नेछ । सिफारिसमा परेका प्रा.डा. वैद्य त्रिवि सहकुलपति समेत रहेका शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेल निकट मानिन्छन् ।

प्रा.डा. शाह प्रधानमन्त्रीकी निजी चिकित्सक हुन् भने प्रा.डा. श्रेष्ठ मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
मध्यपश्चिम विश्वविद्यालयको १७ औं सभा सम्पन्न, एक अर्ब ३६ करोडको बजेट पारित
२०८२ असार ३०, सोमबार
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार