असोज १८, २०८३ आइतबार October 4, 2026

विष्फोटक पदार्थसहित पक्राउ परेका बज्राचार्यलाई सात दिन थुनामा राख्न अदालतको अनुमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः ठूलो परिमाणमा विष्फोटक पदार्थसहित समातिएका विप्लवका नेता सानुराज बज्राचार्यलाई ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, ललितपुरले बुधबार अनुसन्धानका लागि एक साता हिरासतमा राख्न प्रहरिलाइ अनुमति दिएको हो ।

विष्फोटक पदार्थ र हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा अनुसन्धानका लागि म्याद प्राप्त भएको ललितपुर महानगरिय प्रहरी परिसर  प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।

प्रहरी अनुसन्धानका क्रममा काठमाडौंको तारकेश्वर स्थित मनमैजुमा रहेको उनको कोठामा छापा हानेर प्रहरीले ठुलो मात्रामा विष्फोटक पदार्थ बनाउन प्रयोग हुने विभिन्न २६० वटा सामग्री समेत बरामद गरेको थियो ।

बरामद सामग्रीमा ह्याण्ड ग्रिनेड बनाउन प्रयोग हुने कभर १८० वटा, आधा विष्फोटक पदार्थ भएको ग्रिनेड ३५ वटा, विष्फोटक पदार्थ बनाउन प्रयोग हुने कच्चा पदार्थ १४ वटा, स्टील बल ९, स्टील बल प्याकेट १२, गन पाउडर २ बट्टा, डेटोनेटर एउटा र दुई वटा रिमोट सेट छन् ।

उपत्यकामा लुकाइएको ठूलो परिमाणको विष्फोटक पदार्थ बरामद भएपछि ललितपुर सेक्रेटरीको नामबाट विप्लव समूहले विज्ञप्ति जारी गरी ललितपुर महानगरिय प्रहरी परिसर  प्रमुखलाइ चेतावनी दिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज १८, आइतबार
प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्यदेखि नयाँ संविधानसम्मको प्रस्ताव
२०८३ असोज १८, आइतबार
कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे
२०८३ असोज १८, आइतबार
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार