असोज १८, २०८३ आइतबार October 4, 2026

भारतबाट आएर होम क्वारेन्टिन बसेका एकजनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बुटवल । भारतबाट आएर होम क्वारेन्टिनमा बस्दै आएका गुल्मीका एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार छत्रकोट गाउँपालिका वडा नं ५ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनी गत जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टिनमा बस्दै आएका थिए । प्यारालाइसिसबाट पीडित उनी भारतमा उपचार गरेर फर्किएका थिए । भारतबाट आएपछि छोरीज्वाइँले हेरचाह गर्ने गरी उनी होमक्वारेन्टिनमा बसेका थिए ।

बिहीबार उनको आरडीटी परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको गाउँपालिकाका स्वास्थ्य संयोजक पुण्य पौडेलले बताएका छन ।

उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर स्वाब परीक्षण गर्न प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिएका छन ।

गुल्मीमा पीसीआर परीक्षणको लागि ९ सय ७६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ५ सय ४८ जनाको रिपोर्ट आउन बाँकी छ ।

कोरोना भाइरस संक्रमितको संख्या १ सय ५ पुगेको छ । संक्रमितमध्ये ३ जना उपचारपछि घर फर्किएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज १८, आइतबार
प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्यदेखि नयाँ संविधानसम्मको प्रस्ताव
२०८३ असोज १८, आइतबार
कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे
२०८३ असोज १८, आइतबार
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार