असोज १४, २०८३ बुधबार September 30, 2026

बडा दशै सुरु, देशैभर जमरा राखियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, मुलुकभरका हिन्दु नेपालीहरुले घरघरमा जमरा राखेर दशैको सुरुवात गरेका छन् । मुलुकको मूख्य केन्द्र हनुमानढोकास्थित दशैँ घरमा बुधबार बिहान ७ः१५ को शुभ साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरिएसँगै मुलुकभरका नेपालीले आफ्नो घरमा जमरा राखेरदशैको सुरुवात गरेका छन् ।

जमरा रखेसँगै दशैको चहलपहल सुरु भएको छ ।हनुमानढोकामा पुरातत्व विभागअन्तर्गतको दरबार हेरचाह अड्डाले दशैँ घरमा दियो, कलश रगणेश स्थापना गरी विधिपूर्वक घटस्थापना गरिएको थियो ।

घटस्थापनासँगै सो स्थानमा राखिएको जमरा विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि प्रसादका रुपमा राष्ट्रपतिकार्यालयमा लैजाने गरिन्छ । गणतन्त्र स्थापना हुनु अघि हनुमानढोका दशैँ घरको घडाको जल,जमरालगायत टीका प्रसाद राजदरबार लगिन्थ्यो ।हनुमानढोकाको दशैँ घरमा राखिएको

जमरालगायत टीका प्रसाद ग्रहण गर्न चाहनेका लागि वितरण गर्ने गरिएको छ । कुनै स्थान रसमुदाय विशेषमा भने आश्विन शुक्ल द्वितीयाको रातिको जून हेरेर मात्र घटस्थापना गरीजमरा राख्ने प्रचलन रहेको छ । यस्तै असोज ३० गते मंगलबार फूलपाती भित्र्याइने छभनेसोही दिन बिहान ९ बजेर २१ मिनेटमा तुलजा भवानीको यात्रा गराइन्छ ।

समितिकाअध्यक्ष प्राध्यापक रामचन्द्र गौतमले दिनुभएको जानकारी अनुसार असोज ३१ गते बुधबारमहाअष्टमी, कात्तिक १ गते बिहीबार महानवमी, कात्तिक २ गते शुक्रबार विजयादशमी अर्थात्दशैँको टीका परेको छ ।

विजयादशमीका दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनकोसाइत निस्किएको छ । यस्तै सोही दिन अर्थात बडा दशैको दिन साइत खोज्नेका लागि बिहान ९ बजेर ५१ मिनेटको समय उत्तम रहेको अध्यक्ष प्रा डा गौतमले बताउनुभयो ।

विजयादशमीकै दिन बिहान ८.३५ मा तुलजा भवानीको यात्रा गराइन्छ । भवानीलाई बिहान ९बजेर ४४ मिनेटमा स्थिर आसनमा राखिन्छ ।

कात्तिक ६ गते मंगलबार सबै बलि पूर्ति गरीजमरा सेलाइन्छ । कात्तिक ७ गते बुधबार कोजाग्रत पूर्णिमा व्रत मनाएपछि नेपालीको महान्चाड बडादशैँ समापन हुने समितिले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार