जेठ १, २०८१ मंगलबार May 14, 2024

कोरोनामा राजनीतिको ककटेल- पुरञ्जन आचार्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मेरा आफन्त विराटनगरबाट अमेरिका सन्तानलाई भेट्न गएका थिए । लकडाउनले गर्दा देश फर्किन पाएका छैनन् । फोनमा कुराकानी भइरहन्छ । छोराबुहारी घरबाट काममा बाहिर निस्किन्छन् । दुई साना केटाकेटीलाई सुरुका दिनमा हेरेर बस्दा त रमाइलो नै भएछ, बिस्तारै एकैखालको दिनचर्याले दिक्दारी बढ्यो भन्थे फोनमा । उनको फेसबुक स्टाटसमा नेपालको राष्ट्रवाद खुबै भेटिन्छ । अमेरिकाबाट अब ‘धोतीलाई’ देखाइदिनुपर्छ भनी राष्ट्रवादको कुरा गर्छन् । म झर्को मानेर फोनमा सुनिएन भन्दै लाइन काट्छु ।

अमेरिकामा बस्ने ती नेपाली परिवारलाई के खाऊँ, के लाऊँ भन्ने पिर छैन । सबै कुरा पुगेकै छ । सबै कुरा पुगेपछि नै उन्माद आउँछ । उता मोरङको दर्वेसा गाउँको राजवंशी परिवारका एक सदस्य कतारबाट नेपाल फर्कन नपाएर केही उपाय छ कि भनी मलाई फोन गरिरहन्छन् । म त्यहाँको नेपाली दूतावासमा सम्पर्क गर र नेपाल फर्कने उपाय खोज भनी सम्झाउँछु । उनी फोनमा रुँदै भन्छन्, ‘कतारमा केही कमाएर घरमा आमाबुबालाई पैसा पठाउँथेँ, अब त ‘भारत पनि काम गर्न जान पाइन्न रे हो ?’ म यकिनसाथ उत्तर दिन सक्दिनँ ।

अन्तर्राष्ट्रिय संस्थामा काम गरेर दिल्लीमा घर किनेका एक लब्ध-प्रतिष्ठित व्यक्ति नेपाल-भारत सम्बन्ध बिग्रेर अब दिल्लीस्थिति आफ्नो घर-सम्पत्तिको भोग समाप्त हुने हो कि भनी चिन्ता व्यक्त गर्छन् । अब नेपाल-भारत सम्बन्ध के होला ? भन्ने उनको जिज्ञासा छ मसँग । वास्तवमा भोलिको संसार कस्तो हुनेछ र नेपालको सम्बन्ध भावी दिनमा कोसँग कसरी जाला भनी अहिले केही पनि अनुमान गर्न गाह्रो देख्छु म ।

प्रतिपक्षी कांग्रेसलाई पनि बिपीले ‘देश भनेको नागरिक हुन्’ भनेको सम्झना अब फिटिक्कै रहेन । कांग्रेसको हाइपर राष्ट्रवाद यतिखेर नेपालका कम्युनिस्टलाई पनि मात दिने खालको छ । चुनावी घोषणापत्र अहिलेदेखि नै राष्ट्रवादको कलम समातेर लेख्न थालेको भान हुन्छ कांग्रेसले । 

भारत-चीनको युद्ध होला ? अमेरिकी सहयोगमा आएको मिलिनियम च्यालेन्ज कर्पाेरेसनको भविष्य नेपालमा के होला ? के एमसिसी प्रकरणमा नेकपा फुट्छ ? यो प्रश्न पनि अनुत्तरित नै छ । संविधान संशोधन गरेर निसान छापमा समावेश गरेको नेपालको नक्साजस्तै व्यवहारमै नेपालीको उपस्थिति कालापानी लगायत क्षेत्रमा कहिलेसम्म होला ? के यो सम्भव छ ? छ भने कसरी कूटनीतिक माध्यमबाट वा युद्धबाट ? यस्ता अनेकन् प्रश्न बौद्धिक विलासिताका लागि मात्र छैनन्, हाम्रा सामु चुनौतीका रूपमा उभिएका छन् । प्रश्न यति मात्र कहाँ छन् र ? चीनविरुद्ध पश्चिमा जगत्, भारत र प्यासिफिक देशहरू मोर्चाबन्दी गर्दै छन् भनिन्छ । के चीनविरुद्धको मोर्चाले नयाँ विश्व-व्यवस्था सन् २०२१ बाट अगाडि आउँछ ? त्यो विश्व-व्यवस्था कस्तो होला र नेपाल कता उभिन्छ ?

नेपालबारे यतिखेर कैयन् प्रश्न नेपाली र विश्वसामु उठेका छन् । के नेपाल यतिखेर पूर्णतः चीनको पक्षमा उभिएको छ ? होइन भन्ने आधार कमै छन् । त्यसो भए के नेपालको भूराजनीतिको भाष्य परिवर्तन हुँदै छ वा भएको हो ? के नेपाल-भारत मैत्री सन्धि अब समाप्तिको नजिक छ ? के नेपाल युरोप, जापान र अमेरिकाबाट टाढिएर चीनसँग मात्र सम्बन्ध प्रगाढ बनाउन लागिपरेको हो ? नेपालभित्र यस्ता प्रश्नमाथि बहस र छलफल नभए पनि संसारका पत्रपत्रिका र सञ्चार-माध्यममा प्राथमिकताका साथ यी विषय यतिखेर सुन्न र पढ्न पाइन्छ । नेपालप्रति चासो र बहस आजभन्दा अगाडि सम्भवतः विश्व रंगमञ्चमा कहिल्यै भएको थिएन होला ।

कोराना महामारी ककटेल भएको छ यतिखेर । कैयन् अर्थराजनीतिका नयाँ आयाम कोरोनासँग जोडिएर अगाडि आएका छन् । निःसन्देह नेपाली मात्र यस्तो ट्र्यापमा परिरहेका होइनन् । सम्पूर्ण विश्व नै ‘ब्ल्याक होलको टनेलभित्र’ छिरेको भान हुन्छ । र, टनेलको अन्तमा कहीँ कतै कुनै प्रकाश भेटिन्छ कि भनी मानवजाति यतिखेर सूचना, सञ्चार र प्रविधिसँग जोडिएको छ । एकातिर संसारमा ‘नयाँ ब्लकहरू’ निर्माण हुँदै छन् राष्ट्रबीच भने अर्कोतिर स्वदेशी र लोकल नारा पनि खुबै चलेको छ ।

कोरोना महामारीबाट त्राण पाउन यतिखेर विश्वका कुनै पनि देश र नागरिकले आकाशतिर हेरेर ईश्वर, अल्लाह र जिसस क्राइस्टको पुकारा गरेको सुनिँदैन  ।

कोरोना बिरामीको उपचारमा कुनै औषधि वैज्ञानिकले बनाए कि ? कहीँ कतै कुनै वैज्ञानिक प्रयोगशालामा कोरोना रोकथामका लागि भ्याक्सिनको ट्रायल सकियो कि ? कुनै घरेलु नुस्खाले कोरोनाबाट बाँच्न सकिन्छ कि ? यस्ता अनेकन् जिज्ञासामा गुगल सर्च इन्जिन हिजोआज व्यस्त छ । एकातिर संसार ‘डिग्लोबलाइजेसन’ को प्रक्रियामा जाँदै छ, जानुपर्छ भन्ने नारा चल्दै छ । अर्कोतिर ‘हाइपर राष्ट्रवाद’ पनि उत्तिकै गर्माएको छ । कोरोना महामारीबाट त्राण पाउन यतिखेर विश्वका कुनै पनि देश र नागरिकले आकाशतिर हेरेर ईश्वर, अल्लाह र जिसस क्राइस्टको पुकारा गरेको सुनिँदैन । इस्लामिक कट्टरपन्थीले कोरोना कहरको सुरुका दिनमा त्यसो गरे पनि अन्ततः ती पनि विज्ञानसामु यतिखेर याचना गर्दै छन् ।

कोरोना महामारीले विज्ञानमाथि मानिसको भरोसा र विश्वासलाई उचाइमा पु-याएको छ । हामी नेपालीले सिक्नुपर्ने यो ठूलो पाठ हो । नेपालीले यो सिक्न यसकारण पनि जरुरी छ कि यतिखेर नेपालमा गाउँ, टोल, सहर र बजारमा मन्दिर, मस्जिद र चर्च निर्माणको तीव्र प्रतिस्पर्धा छ । अरबौँ रुपैयाँ यसमा खर्च भइरहेको छ । बरु यसको ठाउँमा स्कुल र कलेजमा प्रयोगशाला खोल्न किन प्रेरित नगर्ने ? वैज्ञानिक किन उत्पादन नगर्ने ? नेपालमा विज्ञानसम्मत मार्क्सवादी विचार खुबै फले-फुलेको छ । सम्पूर्ण सत्ता नै मार्क्सवादीको हातमा छ । कोरोना महामारीबाट लिने शिक्षा मार्क्सवादी लेनिनवादी शिक्षाभन्दा कम महत्वपूर्ण छैन । शोकलाई शक्तिमा बदल्ने नारा, संकटलाई अवसरमा बदल्ने नारा एकताका कम्युनिस्ट मित्रहरूबाट खुबै सुनियो । लौन, कोरोनाजस्ता भाइरस र ब्याक्टेरियाबाट देशलाई जोगाउन भविष्यमा वैज्ञानिककै खाँचो पर्छ, त्यसतर्फ मार्क्सवादी सोच जाला कि ?

अहिले सी विचारधारा सोंग ताओ चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुखबाट दीक्षित हुन के जरुरी थियो नेपालका कम्युनिस्टलाई ? नेपालको संविधान, समाज र संस्कार एकातिर छ, त्यसविपरीत ‘पार्टी र देश कसरी चलाउने’ भनी नेपालको सत्ताधारी दल चीनको एकदलीय तानाशाही व्यवस्थाका सञ्चालकबाट के शिक्षा लिन्छन्, बुझिनसक्नु छ । गरिब वर्ग आफ्नो जनजीविकाका लागि देशभित्र र बाहिरबाट लखेटिएको छ । आफ्नो गाउँ वा क्वारेन्टाइनमा छ । जनजीविकाको सबै माध्यम गुमाएर निराश, भोकै र गलेको अवस्थामा टाउकोमा हात राखेर बसेको छ । संवाद सरकारको त्यो समूहसँग जरुरी छ । त्यहाँ राहत र रोजगारीको व्यवस्था गर्न भिडियो कन्फ्रेन्स गर्न सकिन्थ्यो, न कि सी विचारधाराको पाठशाला यतिखेर सञ्चालन गर्न ।

नेपालमा विज्ञानसम्मत मार्क्सवादी विचार खुबै फले-फुलेको छ । सम्पूर्ण सत्ता नै मार्क्सवादीको हातमा छ । कोरोना महामारीबाट लिने शिक्षा मार्क्सवाद, लेनिनवादभन्दा कम महत्वपूर्ण छैन । कोरोनाजस्ता भाइरस र ब्याक्टेरियाबाट देशलाई जोगाउन भविष्यमा वैज्ञानिककै खाँचो पर्छ, त्यसतर्फ मार्क्सवादी सोच जाला कि ?

अब विश्वको तथाकथित राजनेताको प्राथमिकतामा कोरोना नियन्त्रण, मानवजातिको जीवन र जनजीविका नपरेको देखिन्छ । ढुकुटीमा राज्यकोष नरित्तिएसम्म लकडाउन गरेर लखनउको नवावी शैलीमा दिन बिताए यिनले । राज्यकोष रित्तिँदै गएपछि ‘हाइपर राष्ट्रवाद र न्यु नर्मल’को बाटो समाते । विश्वमा कोरोनाको महामारीबीच राजनीति हाबी हुँदै छ । कोरोनालाई वैज्ञानिक प्रयोगशालाको जिम्मा लगाएर राजनीतिक नेताहरू फेरि ‘नेतागिरी’ गर्न तम्सेका छन् । युद्ध गर्न तम्सेका छन् । कोरोनालाई ‘हर्ड इम्युनिटी’को जिम्मा लगाएर आर्थिक गतिविधि अगाडि बढ्दै छ । संसारका सबै देशका ढुकुटी यतिखेर रित्तिँदै छन् र हर्ड इम्युनिटीको विकल्प छैन भन्ने सोच लकडाउनको ९० दिनपछि शासकलाई सम्झना आउँदै छ ।

राज्यको ढुकुटी रित्तिने क्रममा हर्ड इम्युनिटी अर्थात् अब नागरिक ‘आफैँ ठीक बन, प्रतिरोधात्मक क्षमता बढाएर’ भन्ने मानसिकतामा शासक र प्रशासक पुगे । नेपालका प्रमले सार्वभौम संसद्मै उभिएर डाक्टरी छाँटे । उनका भक्तजनले ताली पिटे । प्रतिपक्षी कांग्रेसलाई पनि बिपीले ‘देश भनेको नागरिक हुन’ भनेको सम्झना अब फिटिक्कै रहेन । कांग्रेसको हाइपर राष्ट्रवाद यतिखेर नेपालका कम्युनिस्टलाई पनि मात दिने खालको छ । चुनावी घोषणापत्र अहिलेदेखि नै राष्ट्रवादको कलम समातेर लेख्न थालेको भान हुन्छ कांग्रेसले ।

चीनको वुहानबाट हवाईजहाजको यात्रामा निस्केको कोरोना भाइरसले राष्ट्रका सीमाहरू नाघेर अब सहरमा मात्र सीमित रहेन । गाउँघर पनि पुग्यो । क्रमशः हुनेखानेबाट सिफ्ट भएर अन्ततः अब गरिब, दलित, अभाव र वञ्चनामा पारिएकालाई कोरोनाले दपेट्दै छ । एकातिर रोग र अर्कोतिर भोकले सताइएका यी नेपालीलाई सुमसुम्याउने कसले ? कम्युनिस्ट प्रधानमन्त्री व्यंग्यवाण र हाइपर राष्ट्रवादको ताजमाथि बसेका छन् । प्रतिपक्ष लुते र कम्युनिस्ट पिछलग्गु भएको छ यतिखेर । अमेरिकामा कालाहरूलाई कोरोनामा मर्न दियो ट्रम्प प्रशासनले । नेपालमा दयनीय अवस्थाको क्वारेन्टाइनमा राखेर भारतबाट रोजगारी गुमाई घर फर्केका नेपालीलाई हर्ड इम्युनिटीमा अलपत्र पार्यो ओली प्रशासनले । त्यसमा थप नुनचुक थप्ने काम स्वयं प्रमको व्यंग्यवाण भयो, भारतबाट फर्केका कोरोनापीडितलाई ।

अमेरिकामा कालाहरूलाई कोरोनामा मर्न दियो ट्रम्प प्रशासनले । नेपालमा दयनीय अवस्थाको क्वारेन्टाइनमा राखेर भारतबाट रोजगारी गुमाई घर फर्केका नेपालीलाई हर्ड इम्युनिटीमा अलपत्र पार्यो ओली प्रशासनले । त्यसमा थप नुनचुक थप्ने काम स्वयं प्रमको व्यंग्यवाण भयो, भारतबाट फर्केका कोरोनापीडितलाई । 

चीन र भारत सीमाविवादका कारण युद्धको मोर्चामा छन् । आणविक क्षमतायुक्त यी दुई देशबीचको युद्ध भए के होला ? कल्पना गर्न सकिन्न । सैनिकहरू हताहत हुने क्रम सुरु भएको छ । नेपालले पनि कालापानी क्षेत्रमा सुरक्षा पोस्ट थपेको छ, गतिविधि बढाएको छ । यो पनि युद्धको पूर्वअभ्यास हो भन्न सकिन्छ । नेपाल-भारत युद्ध भए के होला ? थाहा छैन । सहयोगमा चीन आउँछ भन्ने नेपाली मानसिकता छ । प्रश्न छ आउला ? करिब विश्वको १५० देशमा सीमासम्बन्धी विवाद छन् यतिखेर । क्रिमियाको विवादले केही वर्षअघिसम्म ठूलै तनाव सिर्जना गरेको थियो विश्वमा । तर, रुसले त्यसमाथि कब्जा जमाएपछि संयुक्त राष्ट्रसंघले केही गर्न सकेन । युक्रेन हेरेकोहे-यै भयो ।

जतिखेर संसार साम्राज्यवादी उपनिवेशबाट मुक्त हुँदै थिए अर्थात् २०औँ शताब्दीको मध्यमा त्यही समय चीनले तिब्बतमा कब्जा ग-यो । अहिले हिमालयन क्षेत्रमा देखिएको सीमाविवादको सबै जड तिब्बत भन्ने राष्ट्र र सिक्किम भन्ने देश नरहनुको परिणाम हो । संसारको दया तिब्बतमा थियो, सिक्किममा पनि थियो । तर, दया काम लाग्दैन । युद्धमा पौरख र शौर्य नै काम लाग्छ । र, यस्तो पौरख र शौर्य सगरमाथा र लुम्बिनी हाम्रो हो भनेर आउँदैन । यसका लागि नागरिकको पौरख र शौर्य उदाउनुपर्छ, अनि पौरख र शौर्य उदाउन देश बन्नुपर्छ । जस्तो- इजरायल बनेको छ । आज चीन-भारत युद्धको तनावमा अमेरिका, युरोप, जापान लगायत सबै अन्तर्राष्ट्रिय सद्भाव र दया भारततर्फ छ । किन छ भने भारतमा लोकतन्त्र छ, समाज खुला छ । तर, चिनियाँ सेनाले लद्दाखको गलबन उपत्यकामा भारतीय सेनाको चिउँडोमा प्रहार गरेर ठहरै मा-यो । कसैको दया र सद्भाव काम लागेन ।

आज चीन-भारत युद्धको तनावमा अमेरिका, युरोप, जापान लगायत सबै अन्तर्राष्ट्रिय सद्भाव र दया भारततर्फ छ । किन छ भने भारतमा लोकतन्त्र छ, समाज खुला छ । तर, चिनियाँ सेनाले लद्दाखको गलबन उपत्यकामा भारतीय सेनाको चिउँडोमा प्रहार गरेर ठहरै मा-यो । कसैको दया र सद्भाव काम लागेन । 

अमेरिकामा बसेर हाइपर राष्ट्रवादको फेसबुक स्टाटस लेख्न सजिलो छ, मेरा आफन्तलाई । भारतमा घर किनेर त्यसको भविष्य के होला ? घर बेचेर नआउन्जेल नेपाल-भारतबीच युद्ध नभए हुन्थ्यो भनी कामना गर्ने लब्ध-प्रतिष्ठितको नेपालमा कमी छैन । तर, यो देशको चिन्तन भने ४० लाख युवा नेपाली, जो बेरोजगार भएका छन् र टाउकोमा हात राखेका छन्, तिनको भविष्यमा हुनुपर्छ ।

आफ्नो आँखाअगाडि वृद्ध पितामाता र केटाकेटी छन् । तिनलाई के खुवाउने र कसरी पाल्ने, ती ४० लाख युवाका अगाडि यो महाभारत छ । फेरि पनि नेपाली नागरिकसामु गाँस, बास र कपासको समस्या गम्भीर भएर आएको छ । भूमण्डलीकरण र उदारवादले नेपालीलाई गाँस, बास र कपासको खोजीमा भारत, मध्यपूर्व, मलेसिया, कोरिया, युरोप र अमेरिका पु-यायो । अब यो जिम्मेवारी नेपालकै शासक र प्रशासकको काँधमा आएको छ । अब कसरी सरकारले यो जिम्मेवारी पूरा गर्छ ? प्रश्न अनुत्तरित छ । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया