असोज १४, २०८३ बुधबार September 30, 2026

विवादित बनेका मन्त्री स्थापित पदमुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

हेटौँडा, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलका विरुद्ध अपशब्द प्रयोग गर्दै गालीगलौज समेत गरेको भन्दै भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितलाई पदमुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा १६७ को उपधारा ६९ को अधिकार प्रयोग गरी मुख्यमन्त्री पौडेलले स्थापितलाई आज पदमुक्त गर्नुभएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

प्रदेश मन्त्रिपरिषद् बैठकमा पदीय मर्यादाविपरीत अभद्रता र असक्षमता प्रदर्शनकासाथै अनियमितता गरेको आरोपसहित मन्त्री स्थापितलाई पदमुक्त गरिएको मुख्यमन्त्री तथामन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

स्थापितले हेटौडामा स्थायी राजधानी राख्न नमिल्ने भन्दै आफ्नो धारणा सार्वजनिक गर्दै आउनु भएको छ । काम भन्दा कुरा बढि गर्ने गरेको आरोप समेत स्थापितलाई लाग्ने गरेको थियो ।

काठमाडौं महानगरपालिकाको मेयर हुँदा राम्रो काम गरेको भन्दै चारैतीरबाट प्रशंसा गरिएको भएपनि पछिल्लो समय स्थापितको अभिव्यीक्त भने विवादित बन्यो । जसका कारण मन्त्री पद समेत गुमेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार