असोज १९, २०८३ सोमबार October 5, 2026

तीनपाने भञ्ज्याङमा तरकारी सङ्कलन केन्द्र निर्माण गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः दक्षिण ललितपुरको बागमती गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८मा वाग्मती प्रवेश गर्ने नाका तीनपाने भञ्ज्याङमा तरकारी सङ्कलनकेन्द्र निर्माण गर्ने भएको छ ।

गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत गर्दै उक्त कुराको जानकारी गराए । गाउँपालिकाले अस्पताल निर्माण, वैदेशिक रोजगारीबाट फर्केर आउने युवाले व्यवसाय गर्न चाहेमा ब्याजमा अनुदानलगायतका कार्यक्रमलाई प्राथमिकता दिएको जनाइएको छ ।

गाउँसभामा उपाध्यक्ष रञ्जना घिमिरेले रु ४२ करोड ५६ लाखको बजेट प्रस्तुत गरिन् । कार्यक्रममा गाउँपालिकाले वित्तीय समानीकरणतर्फ संघीय सरकारबाट रु सात करोड ३३ लाख र प्रदेश सरकारबाट ५८ लाख ९४ हजार, सशर्त अनुदानतर्फ संघीय सरकारबाट रु १९ करोड ५२ लाख, प्रदेश सरकारबाट रु दुई करोड ३२ लाख ७५ हजार बजेट विनियोजन गरेको जानकारी दिइन् ।

यसैगरी, संघीय सरकारको राजश्व बाडफाँटबाट रु पाँच करोड १३ लाख, प्रदेश सरकारको राजश्व बाडफाँडबाट रु एक करोड ५८ लाख ३४ हजार, गाउँपालिकाको आन्तरिक आयबाट रु पाँच करोड ६३ लाख र रजिष्टे«शन दस्तुरबाट रु ५० लाख आम्दानी हुने गाउँपालिकाको अनुमान छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन
२०८३ असोज १९, सोमबार
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज १८, आइतबार
‘समृद्धिका लागि तीन तहबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक छ’
२०८३ असोज १८, आइतबार
हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छः घिसिङ
२०८३ असोज १८, आइतबार
प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्यदेखि नयाँ संविधानसम्मको प्रस्ताव
२०८३ असोज १८, आइतबार
नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
२०८३ असोज १८, आइतबार
एमाले सांसदलाई अध्यक्ष ओलीको प्रशिक्षण, सरकारको कार्यशैलीप्रति आपत्ति
२०८३ असोज १८, आइतबार