असोज १९, २०८३ सोमबार October 5, 2026

जिससले लकडाउनको अवधिको भाडा नलिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । जिल्ला समन्वय समिति चितवनले भाडामा लगाएका व्यावसायिक सटर एवं घरको लकडाउनको अवधिको भाडा नलिने भएको छ । समन्वय प्रमुख कृष्णकुमार डल्लाकोटीले वैशाख, जेठ र असार महिनाको भाडा नलिने बताएका छन ।

डल्लाकोटीले चैत महिनाको ११ गतेसम्म सञ्चालनमा आएकाले सो महिनाको भाडा तिर्न लगाउने र तीन महिनाको छुट गरिदिने तयारी गरेको जानकारी दिएका छन । जिल्ला समन्वय समितिको व्यावसायिक सटर र घरबाट मासिक रु तीन लाख ९० हजार भाडा सङ्कलन हुने गर्दछ । डल्लाकोटीले भने, “सरकारले लकडाउन गर्ने हामीले कसरी भाडा लिने ।” सरकारलाई सरकारी तहले सहयोग गर्नुपर्ने भन्दै उहाँले व्यवसाय नभएकासँग सरकारी निकायले भाडा लिनु न्यायिक नहुने बताएका छन ।

यसलाई समितिले छिट्टै निर्णय गर्ने डल्लाकोटीको भनाइ छ । जिल्लामा घरबाहलमा बस्नेले भाडा छुट गरीदिन माग गरिरहेका छन् । निजी क्षेत्रले समेत भाडाको टुङ्गो लगाई सकेको छैन । मुख्यरुपमा जिल्लाको प्रमुख बजार नारायणगढ र भरतपुर क्षेत्रमा महँगो भाडा तिर्ने व्यवसायी रहेका छन् । सरकारी तवरबाट समन्वयसहित अस्पताल, विद्यालय, क्याम्पस, नेपाल प्रहरी, नागरिक उड्डयन प्राधिकरणलगायतले घरभाडामा लगाएतका छन् । ती निकायले भाडाको टुङ्गो लगाउन नसकी रहेका बेला जिल्ला समन्वय समिति प्रमुखले भाडा छुट गर्ने जनाएका छन । यससँगै अन्य सरकारी कार्यालय र निजी क्षेत्रलाई दबाब र सहजता हुने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन
२०८३ असोज १९, सोमबार
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज १८, आइतबार
‘समृद्धिका लागि तीन तहबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक छ’
२०८३ असोज १८, आइतबार
हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छः घिसिङ
२०८३ असोज १८, आइतबार
प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्यदेखि नयाँ संविधानसम्मको प्रस्ताव
२०८३ असोज १८, आइतबार
नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
२०८३ असोज १८, आइतबार
एमाले सांसदलाई अध्यक्ष ओलीको प्रशिक्षण, सरकारको कार्यशैलीप्रति आपत्ति
२०८३ असोज १८, आइतबार