असोज १९, २०८३ सोमबार October 5, 2026

जारी बन्दाबन्दीका कारण सवारी साधनका पार्टपुर्जा बिग्रन थाले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । सार्वजनिक यातायातका सवारी साधन तीन महीनादेखि ग्यारेज एवं खुला स्थानमा राखिँदा पार्टपुर्जा बिग्रन थालेको व्यवसायीले गुनासो गरेका छन् ।
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण गत चैत ११ गतेदेखि सार्वजनिक यातायात ठप्प छ । यातायात सडकमा नगुडेपछि कति ग्यारेजमा थन्किएका छन् त कति सवारी भने ग्यारेजको अभावमा सडक वा खुला स्थानमा राखिएका छन् । ग्यारेज गरिएका साधनका पार्टपुर्जामा धेरै समस्या नभएपनि खुला रुपमा सडक वा अन्य स्थानमा राखिएका सवारीको टायर लगायत पार्टपुर्जा फेर्नुपर्ने अवस्थामा पुगेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले जानकारी दिएका छन।

आधाभन्दा बढी सवारीका लागि ग्यारेजको व्यवस्था हुन सकेको छैन । माटोमा परेर टायर मक्किएको छ । दिनरात घामपानीमा राखिने र इञ्जिन समेत नचल्ने भएकाले ब्याट्री पनि फेर्नुपर्छ । जसका कारण तीन महीनादेखि थन्किएका सवारी एकैपटक सञ्चालनमा ल्याउँदा सडकमा बिग्रिएर समस्या आउनेतर्फ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग लगायत सरोकार भएका निकायलाई जानकारी गराइएको पनि उनले जानकारी दिएका छन ।

बैङ्क, सहकारी लगायत वित्तीय संस्थाबाट ऋण लिएर सञ्चालनमा आएका सवारीले यातायात बन्दाबन्दीदेखि नै किस्ता तिर्न सकेका छैनन् । सिटी यातायातका व्यवसायी प्रेमकृष्ण लामिछाने दैनिक हातमुख जोर्न नै समस्या भएकाले किस्ता तिर्न सक्ने अवस्था नै नभएको बताउछन । आफूसँग भएको पुँजीमा वित्तीय संस्थाबाट किस्ताबन्दी तिर्ने गरी सार्वजनिक यातायात सञ्चालन गरेकामा महामारीका कारण समस्यामा परिएको उनको गुनासो छ ।
दैनिक कमाएर खाने र किस्ता तिर्ने गरेकामा कमाउने साधन नै थन्किएपछि बिलखबन्दमा परेका लामिछाने प्रतिनिधि पात्र मात्र हुन् । धेरै व्यवसायीको यस्तै खाले समस्या छन् । बन्दाबन्दी ठूला बस, मिनी बस, माइक्रो बस, भाडाका ट्याक्सी सबै थन्किएका छन् । असार १ गतेपछि चलेका केही सवारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पुँजी भएर सवारीमा लगानी गर्नेका लागि समस्या नभएपनि पछिल्लो समय थोरै पुँजीमा किस्तामा व्यवसाय शुरु गरेका यातायात व्यवसायीका लागि भने अप्ठ्यारो अवस्था छ । व्यवसायीका यस्तै समस्यालाई मध्यनजर गर्दै महासङ्घले बन्दाबन्दीको अवधिमा किस्ताको गणना नगर्ने व्यवस्था गर्न सरकारसँग माग गरिएको अध्यक्ष कर्माचार्यले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन
२०८३ असोज १९, सोमबार
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज १८, आइतबार
‘समृद्धिका लागि तीन तहबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक छ’
२०८३ असोज १८, आइतबार
हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छः घिसिङ
२०८३ असोज १८, आइतबार
प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्यदेखि नयाँ संविधानसम्मको प्रस्ताव
२०८३ असोज १८, आइतबार
नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
२०८३ असोज १८, आइतबार
एमाले सांसदलाई अध्यक्ष ओलीको प्रशिक्षण, सरकारको कार्यशैलीप्रति आपत्ति
२०८३ असोज १८, आइतबार