जेठ ७, २०८१ सोमबार May 20, 2024

नेपालमा थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा थप ४ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्यम मन्त्रालयमा आयोजित नियमित प्रेश व्रिफिङ्गका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ६३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । संक्रमितमध्ये हालसम्म ३ हजार १३ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन्। आइतबारमात्रै कोरोनालाई जितेर १७९ जना घर फर्किएको प्रवक्ता डा. गौतमले जानकारी दिए।

 डिस्चार्ज हुनेहरुमा १३ महिला र १ सय ६६ जना पुरुष रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया