असोज १९, २०८३ सोमबार October 5, 2026

६ वटा पत्रकार संगठनद्धारा एमसीसी सम्झौता खारेज गर्न माग (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रघाती रहेको ठहर गर्दै विभिन्न ६ वटा पत्रकार संगठनले एमसीसी सम्झौता खारेज गर्न जोडदार माग गरेका छन् ।

मंगलबार क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, प्रगतिशील पत्रकार संघ, नेपालका अध्यक्ष उदय जिएम, प्रेस सेन्टर नेपालका अध्यक्ष लोकराज जैसी, जनपत्रकार संगठनकी सचिव सिर्जना तिमिल्सिना, देशभक्त पत्रकार संघका संयोजक तेजेन्द्र प्रसाई र अखिल नेपाल पत्रकार युनियनका संयोजक यज्ञ दंगालले एक संयुक्त वक्तव्य जारी गरी यस्तो माग गरेका हुन् ।

उनीहरुले जारी गरेको वक्तव्यमा भनिएको छ, “अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अन्तरगत नेपाललाई प्रदान गरिने अनुदान सहयोग अमेरिकी सरकारको इण्डो प्यासिफिक स्ट्राटेजीअन्तर्गत रहेको अब स्पष्ट भइसकेको उल्लेख गर्दै अमेरिकी सरकारका उच्च पदस्थ अधिकारीहरुले नै पटकपटक उक्त तथ्य स्वीकार गरिसकेको र एमसिसी सम्झौतामा रहेका शर्तहरुको अध्ययन गर्दा उक्त सहयोग स्वीकार गरेमा यसले नेपालको असंलग्न परराष्ट्र नीति, देशको सार्वभौमिकता एवम् अखण्डतामा समेत गम्भीर प्रतिकूल असर पार्ने निश्चित देखिन्छ ।

एमसीसीमा उल्लिखित शर्तहरु नेपालको राष्ट्रियताको सन्दर्भमा अत्यन्तै खतरनाक रहेका छ्न् ।

यस्तो छ विज्ञप्तीको पूर्णपाठः

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन
२०८३ असोज १९, सोमबार
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज १८, आइतबार
‘समृद्धिका लागि तीन तहबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक छ’
२०८३ असोज १८, आइतबार
हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छः घिसिङ
२०८३ असोज १८, आइतबार
प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्यदेखि नयाँ संविधानसम्मको प्रस्ताव
२०८३ असोज १८, आइतबार
नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
२०८३ असोज १८, आइतबार
एमाले सांसदलाई अध्यक्ष ओलीको प्रशिक्षण, सरकारको कार्यशैलीप्रति आपत्ति
२०८३ असोज १८, आइतबार