असोज १४, २०८३ बुधबार September 30, 2026

३८ बुँदे घोषणापत्र जारी गर्दै कांग्रेस जिल्ला सभापतिहरुको बैठक सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नुवाकोट,नेपाली कांग्रेसका जिल्ला सभापतिको ककनीमा भएको भेला ३८ बँदे घोषणापत्र जारी गरी सम्पन्न भएको छ ।

दुई दिने सो भेलाले पार्टीको प्रस्तावित विधान मस्यौदाबारे २४ र समसामयिक राजनीतिका विषयमा १४ वटा गरी ३८ बँुदे घोषणापत्र जारी गरी सम्पन्न भएको काङ्ग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले जानकारी दिनुभयो ।

घोषणापत्रमा पार्टीको जिल्ला, प्रदेश र संघीय संसदीय बोर्डले क्रमशः स्थानीय, प्रदेश र संघीय तहको उम्मेदवारको निर्धारण गर्ने, साधारण र क्रियाशील सदस्यता व्यवस्थित गर्ने, आरक्षितबाट मनोनित वा निर्वाचित एक पटकभन्दा हुन नपाउने लगायत बुँदाहरु समेटिएको छ ।

साधारण, क्रियाशील सदस्य रहने व्यवस्था भएको काङ्ग्रेसमा अब सम्मानित सदस्यको व्यवस्था थप गर्न माग घोषणापत्रमा गरिएको छ ।

यसैगरी गाउँपालिका, नगरपालिका, उपमहानगरपालिकाको अधिवशेन वडातहबाट आएका प्रतिनिधिहरुबाट हुनुपर्ने, सबै स्थानीय तहका सभापतिहरु उपल्लो समितिको पदेन सदस्य रहने व्यवस्था हुनुपर्ने, जिल्ला, क्षेत्रीय कार्यसमितिका पदाधिकारी नियुक्ती गर्दा महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यबाट गर्न पाइने व्यवस्था गर्नुपर्ने, स्थानीय, प्रदेश र सङ्घीय संसदमा निर्वाचित पार्टी सदस्यहरु सम्बन्धित तह तथा जिल्ला कार्यसमितिप्रति उत्तरदायी रहने व्यवस्था गर्नुपर्ने बुँदा घोषणापत्रमा उल्लेख छ ।

यसैगरी, घोषणापत्रमा पदाधिकारी सङ्ख्या बढाउनुपर्ने, मनोनित गर्ने अधिकारी केन्द्रीय सभापतिदेखि टोल कार्यसमितिको सभापतिलाई समान रुपले व्यवस्था गर्नुपर्ने, पार्टी नेता कार्यकर्ताको मर्यादाक्रम पार्टी विधानको अनुसूचीमै व्यवस्था गर्नुपर्ने, कुनै पनि तहमा चुनाव लडेका पार्टी सदस्यलाई सोही पदमा मनोनित नगरिने व्यवस्था गर्नुपर्ने, समानुपातिक प्रणालीबाट एकपटक भन्दा बढी अवसर नदिने व्यवस्था गर्नुपर्ने र जिल्ला तहदेखि केन्द्रीय तहसम्म प्रवक्ता राख्ने व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार