असोज १९, २०८३ सोमबार October 5, 2026

रुकुमपश्चिममा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाै‌ंः रुकुम पश्चिममा आज बिहान पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको छ । आठबीसकोट नगरपालिका वडानम्बर-३, स्यालाखदीका २८ वर्षिया सिता दमाई र ६ वर्षिय हाविल परियारको मृत्यु भएको हो ।

पहिरोमा वडानम्बर-३, बस्ने तुल बहादुर दमाईको छोरी ८ वर्षिया हिरा परियारलाई भने घाईते अवस्थाम उद्धार गरिएको प्रहरी नायब उपरिक्षक ठग बहादुर केसीले बताउनुभयो । उहाँका अनुसार सामान्य बोल्न सक्ने घाईते बालिकाको स्थानीय मेडिकलमा उपचार भईरहेको छ ।

बिहान अन्दाजी ६ बजेको समयमा रेझेखोला बस्ने तुलबहादुरको १ तले फुसले छाएको कच्चि घर माथिबाट आएको पहिरोले पुरिएको प्रहरीको भनाई छ । निज तुलबहादुर भने कामको सिलसिलामा गोतामकोट गएको बताईएको छ ।

स्थानीयले पहिरोले घर पुरिएको खबर प्रहरीलाई गरेपश्चात स्यालाखदीमा रहेको अस्थाई प्रहरी पोष्टले तत्काल उक्त स्थानमा गएर उद्धार कार्य गरेकोे प्रहरीले जनाएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन
२०८३ असोज १९, सोमबार
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज १८, आइतबार
‘समृद्धिका लागि तीन तहबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक छ’
२०८३ असोज १८, आइतबार
हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छः घिसिङ
२०८३ असोज १८, आइतबार
प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्यदेखि नयाँ संविधानसम्मको प्रस्ताव
२०८३ असोज १८, आइतबार
नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
२०८३ असोज १८, आइतबार
एमाले सांसदलाई अध्यक्ष ओलीको प्रशिक्षण, सरकारको कार्यशैलीप्रति आपत्ति
२०८३ असोज १८, आइतबार