असोज १७, २०८० बुधबार October 4, 2023

अन्तर प्रदेश परिषद् बैठक आज हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ – विगतमा बोलाएर पनि स्थगित गरिएको अन्तर प्रदेश परिषद् बैठक आइतबार बस्ने निश्चित भएको छ । केही समयअघि प्रधानमन्त्रीले बैठक बोलाएको भएपनि मुख्य मन्त्रीले पोखरामा भेलाको आयोजना गर्दै केन्द्रीय सरकारप्रति संस्थागत रुपमा नै असन्तसष् िजनाएपछि प्रधानमन्त्रीले बैठक नै स्थगित गर्नुभएको थियो । त्यतिबेला स्थगित गरिएपनि यसपटक भने प्रधानमन्त्रीको इच्छा अनुसार ने आज बैठक बस्न लागेको स्रोतले जनाएको छ ।

प्रदेश सरकार गठनको १० महिनापछि प्रदेश परिषद् बैठक बस्न लागेको हो। बैठकमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्री शनिबारै संघीय राजधानी आएर राजनीतिक भेटघाट सुरु गरेका छन् । उनीहरूले बैठकबाट समस्या समाधान हुने अपेक्षा गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बस्ने बैठकका लागि सातै प्रदेशका मुख्यमन्त्रीसहित ८० जनाभन्दा बढीलाई निम्ता पठाइएको छ । संविधानमा परिषद् बैठकमा प्रधानमन्त्री, केन्द्र सरकारका गृह र अर्थमन्त्री तथा मुख्यमन्त्रीहरूको सहभागिता रहने व्यवस्था छ ।

प्रधानमन्त्री कार्यालयमा बिहान ११ बजे बोलाइएको बैठकमा केन्द्र सरकारका सबै मन्त्री, राज्यमन्त्री, सचिव, योजना आयोगका उपाध्यक्ष, महान्यायाधिवक्ता, महालेखा नियन्त्रक, प्रदेशका प्रमुख सचिव सहभागी हुनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पिके डायगोनिस्टिकका संचालकमाथि आक्रमण गर्ने अभियुक्त सार्वजनिक
२०८० असोज १७, बुधबार
धनगढीमा मंसिर २५ देखि जुनियर कप क्रिकेट हुने
२०८० असोज १६, मंगलबार
२९ रुसी ड्रोन र मिसाइल खसालेको युक्रेनको दाबी
२०८० असोज १६, मंगलबार
दक्षिणी सुडानबाट फर्किएका हजारौँ नागरिक भोकमरीको जोखिममा
२०८० असोज १६, मंगलबार
चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी
२०८० असोज १६, मंगलबार
सुन तस्करी प्रकरणमा सीआईबीले लियो कृष्ण बहादुर महराको बयान
२०८० असोज १६, मंगलबार
धार्मिक हिंसा भड्काउन विवादास्पद अभिव्यक्ति दिने धर्मगुरु आचार्य पक्राउ
२०८० असोज १६, मंगलबार