असोज १४, २०८३ बुधबार September 30, 2026

अन्तर प्रदेश परिषद् बैठक आज हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ – विगतमा बोलाएर पनि स्थगित गरिएको अन्तर प्रदेश परिषद् बैठक आइतबार बस्ने निश्चित भएको छ । केही समयअघि प्रधानमन्त्रीले बैठक बोलाएको भएपनि मुख्य मन्त्रीले पोखरामा भेलाको आयोजना गर्दै केन्द्रीय सरकारप्रति संस्थागत रुपमा नै असन्तसष् िजनाएपछि प्रधानमन्त्रीले बैठक नै स्थगित गर्नुभएको थियो । त्यतिबेला स्थगित गरिएपनि यसपटक भने प्रधानमन्त्रीको इच्छा अनुसार ने आज बैठक बस्न लागेको स्रोतले जनाएको छ ।

प्रदेश सरकार गठनको १० महिनापछि प्रदेश परिषद् बैठक बस्न लागेको हो। बैठकमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्री शनिबारै संघीय राजधानी आएर राजनीतिक भेटघाट सुरु गरेका छन् । उनीहरूले बैठकबाट समस्या समाधान हुने अपेक्षा गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बस्ने बैठकका लागि सातै प्रदेशका मुख्यमन्त्रीसहित ८० जनाभन्दा बढीलाई निम्ता पठाइएको छ । संविधानमा परिषद् बैठकमा प्रधानमन्त्री, केन्द्र सरकारका गृह र अर्थमन्त्री तथा मुख्यमन्त्रीहरूको सहभागिता रहने व्यवस्था छ ।

प्रधानमन्त्री कार्यालयमा बिहान ११ बजे बोलाइएको बैठकमा केन्द्र सरकारका सबै मन्त्री, राज्यमन्त्री, सचिव, योजना आयोगका उपाध्यक्ष, महान्यायाधिवक्ता, महालेखा नियन्त्रक, प्रदेशका प्रमुख सचिव सहभागी हुनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार