भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

स्पेसएक्सद्धारा क्षुद्रग्रह विक्षेपनबारे अध्य्यन गर्न ‘हेरा मिसन’ प्रक्षेपण

भविष्यका क्षुद्रग्रह विक्षेपन मिशन र विज्ञानका लागि बहुमूल्य तथ्याङ्क प्रदान गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्पेसएक्सले सोमबार अन्तरग्रह स्थानान्तरण कक्षमा युरोपेली अन्तरिक्ष विभाग (ईएसए) को ‘हेरा मिसन’ प्रक्षेपण गरेको छ ।

फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट पूर्वी समय बिहान १०ः५२ मा अन्तरिक्ष यान प्रक्षेपण गरिएको थियो ।

हेरा एक ग्रह रक्षा मिसन हो जसले नासाको ’डबल एस्टेरोइड रिडायरेक्शन टेस्ट (डाट)’ मिसनको अन्तरिक्ष यानले डिमोर्फोस नामक क्षुद्रग्रहमा गरेको प्रभावबारे अध्ययन गर्नेछ ।

हेराले क्षुद्रग्रहको भौतिक एवं सौर्यमण्डलको निर्माण र विकास प्रक्रियाहरूबारे बुझ्न मद्दत गर्नको लागि भविष्यका क्षुद्रग्रह विक्षेपन मिशन र विज्ञानका लागि बहुमूल्य तथ्याङ्क प्रदान गर्नेछ ।

क्षुद्रग्रहको वरिपरि स्वायत्त नेभिगेसनदेखि न्यून गुरुत्वाकर्षण निकटता अपरेसनहरूमा नयाँ प्रविधिहरू प्रदर्शन गर्दै, हेरा बाइनरी एस्टेरोइड प्रणाली र युरोपको फ्ल्यागशिप प्लानेटरी डिफेन्डरसँग भेट्ने मानवजातिको यो पहिलो अनुसन्धान हुने ईएसएले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया