काठमाण्डाैंः लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ अन्तर्गतको लायन्स क्लब अफ काठमाण्डाैं हेरिटेज धरहरा क्लबको सन् २०२०-२१ का लागि पद हस्तान्तरण कार्यक्रम गरेको छ ।
गत शुक्रबार लायन्स क्लब अफ काठमाण्डाैं हेरिटेज धरहराले काठमाण्डाैं ठमेलमा एक कार्यक्रमका बिच पद हस्तान्तरण कार्यक्रमको आयोजना गरेको हो ।
लायन्स क्लब अफ काठमाण्डाैं हेरिटेज धरहराका अध्यक्ष नेत्र प्रसाद गुरागाँईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बर्ष २०२०-२१ का अध्यक्ष प्रसाद गुरुङलाई पद हस्तान्तरण गरिएको छ । प्रमुख अतिथि एवं चार्टर प्रेसिडेन्ट मनोज कुमार श्रेष्ठले क्लब स्थापनाको उद्देश्यबारे प्रकाश पार्नुका साथै क्लबको आगामी कार्यक्रमहरु समाजलाई उल्लेखनीय योगदान पुर्याउने खालको होस् भन्ने शुभकामना ब्यक्त गर्नुभएको थियो ।

प्रसाद गुरुङ नेतृत्वको नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्ष शक्ति श्रेष्ठ, द्वितीय उपाध्यक्ष राजाराम थापा, तृतीय उपाध्यक्ष विजय पन्त, सचिव, कोषाध्यक्ष लगायत रहनुभएको छ ।
अध्यक्ष गुरागाँईले आफ्नो कार्यकालमा धेरै कार्यहरु गर्ने सोच राखिएको भएपनि छोटो समयका बिच केही महत्वपूर्ण कार्यहरु सम्पन्न गरेको बताउनुभयो । साथै उहाँले आफुले छाडेका अधुरा कामहरु नवनिर्वाचित अध्यक्ष प्रसाद गुरुङले पुरा गर्नुहुनेछ भन्दै आफ्नो कार्यकालमा हरतरह सहयोग पुर्याउनुहुने सबैलाई धन्यवाद एवं आगामी कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

पद हस्तान्तरण कार्यक्रममा आईपिपि गुराँगाईले अध्यक्ष प्रसाद गुरुङलाई पिन लगाएर सम्मान गर्नुभएको थियो ।
उक्त कार्यक्रममा जागरुक नवआगन्तुक ६ जना सदस्यहरुलाई प्रमुख अतिथि एवं चार्टर प्रेसिडेन्ट मनोज कुमार श्रेष्ठ, आईपिपि नेत्र प्रसाद गुरागाँई तथा अध्यक्ष प्रसाद गुरुङ लगायतले सदस्यता सहित स्वागत गर्नुभएको थियो ।
साथै बाढीपीडित सहयोगार्थ लायन्स क्लब अफ काठमाण्डाैं हेरिटेज धरहरा क्लबको सदस्यहरुबाट संकलित रु १६,०१०/- रकम अध्यक्ष लायन प्रसाद गुरुङले डिस्ट्रिक ३२५ बि १ मा हस्तान्तरण गर्नुभएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया