कार्तिक ५, २०८३ बिहिबार October 22, 2026

वीरगञ्जमा कोरोना संक्रमणबाट एक जनाको मुत्युः मृत्यु हुनेको संख्या ४३ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः पर्साको वीरगञ्जमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो ससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

मंगलबार अपरान्ह वीरगञ्ज महानगरपालिका-६ माईस्थानका करिब ७० वर्षीय पुरुषको उपचारको क्रममा नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको पुष्टि भएको हो ।

उनको मृत्यु भइसकेपछि बुधबार पिसिआर परीक्षण गर्दा कोरोना पोजिटिभ आएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

गत सोमबार सास फेर्न गाह्रो भएपछि उनलाई एडभान्स अस्पतालमा भर्ना गरिएको थियो। तर कोरोनाको शंका लागेपछि मंगलबार गण्डकस्थित कोभिड अस्पतालमा लगिएकोमा अपरान्ह उनको मृत्यु भएको गण्डक अस्थायी कोभिड अस्पतालका डाक्टर उदयनारायण सिंहले जानकारी दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते
२०८३ कार्तिक ५, बिहिबार
पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने
२०८३ कार्तिक ५, बिहिबार
दूषित पानीका कारण दक्षिण अफ्रिकामा ५०० भन्दा बढी बिरामी
२०८३ कार्तिक ५, बिहिबार
आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने
२०८३ कार्तिक ५, बिहिबार
चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान
२०८३ कार्तिक ५, बिहिबार
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
२०८३ कार्तिक ५, बिहिबार
१०० वर्षसम्म दराजमा बन्द जीवावशेष खाेलियो, पत्ता लाग्याे डायनासोरको नयाँ प्रजाति
२०८३ कार्तिक ५, बिहिबार