श्रावण १६, २०८३ शनिबार August 1, 2026

वीरगञ्जमा कोरोना संक्रमणबाट एक जनाको मुत्युः मृत्यु हुनेको संख्या ४३ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः पर्साको वीरगञ्जमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो ससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

मंगलबार अपरान्ह वीरगञ्ज महानगरपालिका-६ माईस्थानका करिब ७० वर्षीय पुरुषको उपचारको क्रममा नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको पुष्टि भएको हो ।

उनको मृत्यु भइसकेपछि बुधबार पिसिआर परीक्षण गर्दा कोरोना पोजिटिभ आएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

गत सोमबार सास फेर्न गाह्रो भएपछि उनलाई एडभान्स अस्पतालमा भर्ना गरिएको थियो। तर कोरोनाको शंका लागेपछि मंगलबार गण्डकस्थित कोभिड अस्पतालमा लगिएकोमा अपरान्ह उनको मृत्यु भएको गण्डक अस्थायी कोभिड अस्पतालका डाक्टर उदयनारायण सिंहले जानकारी दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ
२०८३ श्रावण १६, शनिबार
सामाजिक सद्भाव विरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न मुख्यमन्त्री शाहको निर्देशन
२०८३ श्रावण १६, शनिबार
रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीन जनाको मृत्यु, दर्जनौँ घाइते
२०८३ श्रावण १६, शनिबार
राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन
२०८३ श्रावण १६, शनिबार
प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको मोदीको भनाइ
२०८३ श्रावण १६, शनिबार
धनुषामा कर्फ्यु हटाइएर निषेधाज्ञा जारी
२०८३ श्रावण १६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण १६, शनिबार