श्रावण ३, २०८२ शनिबार July 19, 2025

विदुर नगरपालिकाले मोटरसाईकल किन्ने पैसाले एम्बुलेन्स किन्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदुर । विदुर नगरपालिकाको चौथो नगरसभाले वडामा एम्बुलेन्सको अति आवश्यक भएकाले मोटरसाइकल खरीदको रकमले एम्बुलेन्स किन्ने निर्णय गरेको छ ।

वडामा मोटरसाइकल किन्नका लागि आएको बजेटले नगरपालिकाले एम्बुलेन्स किन्ने प्रस्ताव गरेको रसो प्रस्ताव सर्वसमर्वत रुपमा सभाले स्वीकृत गरेको वडा नं ९ का अध्यक्ष सनी चित्रकारले जानकारी दिनुभयो । यस्तै सभाले पाँच कार्यविधि र पूरक बजेट पारित गर्दै सम्पन्न भएको छ ।

नगरसभाले नगर प्रहरी सञ्चालन कार्यविधि, अपाङ्गता भएका व्यक्तिको परिचयपत्रसम्बन्धी कार्यविधि, बालगृह सञ्चालन कार्यविधि, बालविवाहविरुद्ध कार्यक्रम सञ्चालन खर्च कार्यविधि र सडक बालबालिका व्यवस्थापन खर्च कार्यविधि पारित गरेको हो ।

विधेयक समितिका संयोजक तोयानाथ तिम्सिनाले प्रस्तुत गरेको विधेयकमा सभासदस्यको टिप्पणी सुझावसहित पारित गरिएको हो ।

नगर प्रमुख सञ्जु पण्डितको अध्यक्षतामा भएको नगरसभाले चालू आर्थिक वर्षका लागि पूरक बजेटसमेत पारित गरेको छ । उपप्रमुख गीता दाहालले प्रस्तुत गर्नुभएको रु छ करोड ७१ लाखको पूरक बजेटसभाले पारित गरेको हो । नगरपालिकाको पुस

मसान्तसम्मको अर्धवार्षिक राजश्व आम्दानी रु सात करोड ३२ लाख ९५ हजार, सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त निकासा आम्दानी रु ४१ करोड ७० लाख २० हजार रहेकोछ भने पुस मसान्तसम्मको खर्च २७ करोड ७६ लाख १३ हजार छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार