श्रावण २०, २०८३ बुधबार August 5, 2026

विशेष महाधिवेशनमा भाग लिन काठमाडौं कांग्रेसको आह्वान

विधानको व्यवस्थाबमोजिम विशेष महाधिवेशन आह्वान भएकाले उक्त महाधिवेशनमा भाग लिन सबैलाई आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिले पार्टीको ऐतिहासिक विशेष महाधिवेशनमा भाग लिन सबैलाई आह्वान गरेको छ।

कांग्रेस काठमाडौंका जिल्ला सभापति कृष्ण सबुज बानियाँले आज एक विज्ञप्ति जारी गरी विधानको व्यवस्थाबमोजिम विशेष महाधिवेशन आह्वान भएकाले उक्त महाधिवेशनमा भाग लिन सबैलाई आह्वान गरेका हुन्।

विभिन्न कालखण्डका विषम परिस्थितिमा लोकतन्त्रको रक्षार्थ नेपाली कांग्रेस सदैव नेतृत्वदायी भूमिकामा उभिएको कांग्रेस काठमाडौंले जनाएको छ। सभापति बानियाँले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चात् मुलुकमा संवैधानिक शून्यता भएको भन्दै यसको रक्षाका लागि कांग्रेस अग्रमोर्चामा उभिनुपर्ने बताए।

कांग्रेस काठमाडौंले ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले पार्टीको विधानको धारा १७ (२) अनुसार पुस २७ र २८ मा विशेष महाधिवेशन आह्वान गरेकाले यस महाधिवेशनमा भाग लिन सबैलाई आग्रह गरेको हो।

सभापति बानियाँले पार्टीको ऐतिहासिक विशेष महाधिवेशनमा भाग लिन आउने सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई राजधानीमा स्वागत गर्दै महाधिवेशन सफलताको कामना गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया