श्रावण २०, २०८३ बुधबार August 5, 2026

काँग्रेसका २९ केन्द्रीय नेताको अपिल : ‘विवाद अन्त्य गर, एकताबद्ध भएर चुनावमा जाऔँ’

सहमति र बृहत् एकतामार्फत नयाँ ऊर्जा र सोचका साथ निर्वाचनमा होमिन नेतृत्व तहलाई आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र देखिएका आन्तरिक विवादको अन्त्य गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा एकताबद्ध भएर होमिन नेतृत्व तहलाई अपिल गरेका छन्।

२०८२ साल फाल्गुण २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै नेताहरूले नेपाली कांग्रेसलाई जनताको विश्वसनीय र थप भरोसायोग्य पार्टीका रूपमा स्थापित गर्न आवश्यक रहेको उल्लेख गरेका छन् । परिवर्तन र रूपान्तरणका मुद्दालाई आत्मसात गर्दै नयाँ सोच र दृष्टिकोणका साथ निर्वाचनमा जानुपर्नेमा उनीहरूको जोड छ।

नेताहरूले जारी गरेको अपिलमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै लिखित निवेदन दर्ता गरिसकेको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान गर्नुपर्ने उल्लेख गरिएको छ।

कांग्रेसका २९ केन्द्रीय नेताको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस्अपिलमा आगामी निर्वाचनलाई लक्षित गर्दै संवाद, सहमति र बृहत् एकतामार्फत नयाँ ऊर्जा र सोचका साथ निर्वाचनमा होमिन नेतृत्व तहलाई आग्रह गरिएको छ। कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न सबै तह र तप्कालाई एकताबद्ध हुनुपर्ने अपिल गरिएको छ।

अपिल गर्दै उनीहरुले भनेका छन्, ‘यही आउँदो २०८२ साल फाल्गुण २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर राखी नेपाली कांग्रेसलाई उक्त निर्वाचनमा जनताको विश्वसनिय र थप भरोसा योग्य पार्टी बनाउन जरूरी छ। परिवर्तन र रूपान्तरणका मुद्दालाई अंगाल्दै नयाँ सोच र दृष्टिकोणका साथ निर्वाचनमा जानुपर्नेछ।’

केन्द्रीय सदस्य नानु बास्तोलाका अनुसार महाधिवेशन सुनिश्चितता लागि यसअघि २५ केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वलाई दबाव दिंदै ज्ञापन दिएका थिए भने हाल चार जना थपिएर २९ जनाले पार्टी भित्रको विवाद मिलाउन दबाब बढाएका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया