कार्तिक ७, २०८३ शनिबार October 24, 2026

कांग्रेस विशेष महाधिवेशन : ६ स्थानबाट र्‍यालीसहित नेता–कार्यकर्ता भृकुटीमण्डप जाने तयारी

सुन्धरा, रत्नपार्क, बागबजार, पद्मोदय मोड, कमलपोखरी र कुपण्डोलबाट र्याली आयोजना गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवशेन पक्षधरले उद्घाटन समारोहमा बिभिन्न ६ स्थानबाट र्यालीसहित नेता तथा कार्यकर्ता महाधिवेशनस्थल भृकुटीमण्डपमा पुग्ने जनाएको छ।

कांग्रेस विशेष महाधिवेशनका सन्दर्भमा गठन भएको जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बिभिन्न ६ स्थानमा भेला भएर नेता तथा कार्यकता र्यालीसहित महाधिवेशनस्थल भृकुटिमण्डपमा पुग्ने जनाएको हो।

सुन्धरा, रत्नपार्क, बागबजार, पद्मोदय मोड, कमलपोखरी र कुपण्डोलबाट र्याली आयोजना गरिने जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिका संयोजक जगदिश्वर नरसिंह केसीले जानकारी दिए।

विशेष महाधिवेशनका लागि जनपरिचालनको सम्पूर्ण तयारी पुरा भएको उनले बताए। उनले उद्घाटन सत्रमा पार्टीका सभापति लगाएतका नेताहरु उपस्थीत हुने विश्वास व्यक्त गरे।

केसीले विशेष महाधिवेशनका लागि गठन गरिएको अन्य समितिहरुले पनि आफ्नो तयारी अन्तिम चरणमा पुराएको बताए। कांग्रेसका विशेष महाधिवेशन पक्षधरले पुष २७ र २८ गते भृकुटिमण्डपमा विशेष महाधिवशेन आयोजना गरेका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अस्ट्रियाद्वारा चार रूसी कूटनीतिज्ञ निष्कासित, रुसले दियो जवाफी कदम चाल्ने चेतावनी
२०८३ कार्तिक ७, शनिबार
अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चारमाध्यमसमेत झुक्किए
२०८३ कार्तिक ७, शनिबार
क्षतिग्रस्त सडकको पुनर्निर्माण र सुरक्षित आवास छिट्टै हुन्छ : मन्त्री लम्साल
२०८३ कार्तिक ६, शुक्रबार
नारायणी कटान नियन्त्रण र माडीका समस्या समाधानमा मन्त्री गौतमको चासो
२०८३ कार्तिक ६, शुक्रबार
भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक
२०८३ कार्तिक ६, शुक्रबार
International Day of the Snow Leopard: Climate change reducing this big cat’s habitat
२०८३ कार्तिक ६, शुक्रबार
साउदीमा एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त
२०८३ कार्तिक ६, शुक्रबार