श्रावण २०, २०८३ बुधबार August 5, 2026

कांग्रेस संस्थापनभित्रै देउवाको कदमप्रति निकट नेताकै असन्तुष्टि बढ्दै

अभिभावकीय भूमिकामा रहनुपर्ने सभापति देउवाले फरक मत राख्ने नेताहरूसँग टकरावको नीति लिएको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नै निकट नेताहरूबीच समेत एक्लिँदै जान थालेका छन् । पर्सीदेखि सुरु हुन लागेको विशेष महाधिवेशनलाई काउन्टर दिने उद्देश्यले फरक कार्यक्रम तय गरिएको विषयलाई लिएर देउवाका विश्वासपात्र नेताहरू नै असन्तुष्ट देखिएका छन् ।

विशेष महाधिवेशन पक्षधरहरूलाई समेट्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने अभिभावकीय भूमिकामा रहनुपर्ने सभापति देउवाले फरक मत राख्ने नेताहरूसँग टकरावको नीति लिएको भन्दै संस्थापन समूहभित्रै असहजता बढेको छ । केही नेताहरूले यस्तो कदमले पार्टीभित्रको विभाजन झन् गहिरिन सक्ने चिन्ता व्यक्त गरेका छन् ।

स्रोतका अनुसार असन्तुष्ट नेताहरूले आफ्नो धारणा सभापति देउवासमक्ष प्रत्यक्ष रूपमा राखिसकेका छन् । उनीहरूले हिजो बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा मात्र नभई हिजै सभापतिको निवासमा भएको छलफलका क्रममा पनि आफ्नो असहमति स्पष्ट पारेका थिए ।

ती नेताहरूले युवा भेला र जिल्ला सभापतिहरूको भेला भन्दै जिल्लाबाट नेताहरूलाई काठमाडौं बोलाउँदा उनीहरू विशेष महाधिवेशनमा सहभागी हुन सक्ने अवस्थालाई ध्यान नदिइएको भन्दै आपत्ति जनाएका छन् । यसले पार्टी नेतृत्वको निर्णय प्रक्रियाप्रति विश्वास कमजोर हुँदै गएको संकेत देखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया