श्रावण २०, २०८३ बुधबार August 5, 2026

उज्यालो नेपाल पार्टी र रास्वपाको एकता तोडिएसँगै उनेपाको अध्यक्षमा घिसिङ

अब आफ्नो छुट्टै पार्टीको चुनाव चिह्न लिएर प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २६ पुसः उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले पार्टीको अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता तोडिएसँगै आज बसेको सो पार्टीको बैठकले अध्यक्षमा घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकपछि पत्रकार सम्मेलन गरी नवनियुक्त अध्यक्ष घिसिङले रास्वपासँग भएको सहमति भङ्ग भएको घोषणा गर्दै अब आफ्नो छुट्टै पार्टीको चुनाव चिह्न लिएर प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो पार्टीलाई पदका लागि मोलमालाई गर्‍यौँ भन्ने आरोप लागेको छ, यो गलत छ । यसअघि म वरियता क्रममा तल रहेर उपाध्यक्ष पदमा बसेको थिएँ । समावेशिता, सङ्घीयता लगायतको विषयमा पूरक सम्झौता नभएपछि एकता तोडिएको हो ।”

अध्यक्ष घिसिङले आजै उज्यालो नेपाल पार्टीको सदस्यता लिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आजै बसेको केन्द्रीय कमिटीको बैठकले अध्यक्षमा चयन गरेको छ । उनेपालाई आगामी दिनमा मेरो नेतृत्वमा देशव्यापी अभियानअन्तर्गत प्रभावकारी रूपमा चुनावी गतिविधिलाई अगाडि बढाउनेछु ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया