श्रावण २०, २०८३ बुधबार August 5, 2026

रास्वपाले समानुपातिकतर्फको अद्यावधिक सूची निर्वाचन आयोगमा बुझायो

रास्वपाद्धारा संशोधित समानुपातिक उम्मेदवारको नामावली अद्यावधिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको अद्यावधिक सूची बुझाएको छ । आज (आइतबार) विहान आयोगको कार्यालय पुगेर रास्वपाले आयोगलाई अद्यावधिक सूची बुझाएको हो ।

यसअघि रास्वपाले आयोगले तोकेको मितिमा ११० जना समानुपातिक उम्मेदवारको सूची बुझाएको थियो । समायोजना प्रक्रियामा आएको कुलमान घिसिङले साथ छाडेपछि रास्वपाले संशोधित समानुपातिक उम्मेदवारको नामावली अद्यावधिक गराएको हो ।

यसअघि रास्वपाको उपसभापति बन्ने समझदारीमा एकता प्रक्रियामा मिसिएका कुलमानले हिजोदेखि उज्यालो पार्टी नेपालको कमाण्ड सम्हालेका छन् । रास्वपामा कुलमानको तर्फबाट १८ जना समानुपाति उम्मेदवारका समावेश भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया