श्रावण २०, २०८३ बुधबार August 5, 2026

देउवा काँग्रेसले बुझायो निर्वाचन आयोगमा निवेदन

८८५ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको प्रमाण आफूहरूसँग भएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको कार्य समितिले आफूहरू आधिकारिक भएको दाबीसहित निर्वाचन आयोगमा निवेदन दिएको छ ।

शेरबहादुर देउवा नेतृत्वको कार्य समितिले आफूहरू आधिकारिक भएको दाबी सहित निर्वाचन आयोगमा निवेदन दिएको हो । कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित स(शरीर उपस्थित भएको केन्द्रीय समितिका बहुमत सदस्यले पार्टीले विशेष महाधिवेशन नबोलाएको र गगन थापाको नेतृत्वमा बनाइएको समिति अवैध भएको जिकिर गरेका छन् ।

खड्काले ८८५ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको प्रमाण आफूहरूसँग भएको दाबी गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्तस रामप्रसाद भण्डारीसमक्ष विवाद छिटो निरुपणका लागि आग्रह गर्नुभएको छ ।

यसअघि विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीले आफूलाई आधिकारिकता दाबी गर्दै आयोगसमक्ष अद्यावधिकको निवेदन दिइसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया