कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

विप्लव समुहद्वारा इस्काभेटरमा आगजनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं- गएराती भोजपुर जिल्लाको भोजपुर न. पा. १२ पुवाखोला स्थित पक्कि पुलमा प्रयोग गरिएको इस्काभेटरमा आगजनी भएको छ ।

निर्माणाधिन पुवाखोला हाइड्रोपावर नजिकै मार्सेली कम्पनीले ठेक्का लिएर बनाउँदै गरेको उक्त पुवाखोला पक्कि पुलमा प्रयोग गरिएको JC 205 LCनम्बरको इस्काभेटरमा अन्दाजी ५ जनाको अज्ञात समुहले पेट्रोल छर्किएर आगो लगाएको हो ।

उक्त आग्लागीलाई स्थानिय बासीन्दाहरुले नियन्त्रणमा लिई इस्काभेटरलाई पुर्ण क्षति हुनबाट जोगाएको युरोका सचिव चन्द्र बुढाथोकीले बताएका छन् । उक्त आग्लागीबाट इस्काभेटरको ड्राईभर साईडको सिसा जलेको र अन्य क्षती भने नभएको प्रहरीले बताएको छ ।

ड्राईभरको सिट मुनी संकास्पद वस्तु फेला परेको हुनाले उक्त संकास्पद वस्तुलाई निष्कृय पार्नको लागि नेपाली सेनाको बम डिस्पोजल (बि.डि.ई) टिम सहितको टोलिले बुधवार बिहान घटना स्थल पुगि निस्कृय पारेको छ । उक्त शंकास्पद बस्तु सेनाले चेक जाँच गर्दा उक्त वस्तु बम नभई डिजेलको २ वटा बोतल रहेको पाईएको छ । उक्त घटना सरकारलाई दबाब दिनको लागि नेकपा विप्लव समुहले गरेको कुरा सगरमाथा ब्युरोका सचिव चन्द्र बुढाथोकीले फोन मार्फत बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली र चिनियाँ साहित्यबीचको सम्बन्धबारे परिचर्चा
२०८३ कार्तिक १३, शुक्रबार
त्रिवि ५२औँ दीक्षान्त समारोह : अनलाइन फाराम भर्ने समय चार दिन थप
२०८३ कार्तिक १३, शुक्रबार
नेतान्याहुको सत्ता निरन्तरतामा चुनौती, इजरायलमा सरकार गठनको नयाँ कसरत
२०८३ कार्तिक १३, शुक्रबार
Bilateral commitment to bolster border security, cooperation
२०८३ कार्तिक १३, शुक्रबार
मन्त्री पोखरेल र कार्यवाहक राजदूत बोल्डिनबीच भेट
२०८३ कार्तिक १३, शुक्रबार
जनदबाबपछि रिहाइ होइन, गैरकानुनी पक्राउ नै बन्द गर : सभापति थापा
२०८३ कार्तिक १३, शुक्रबार
संसदीय छलफलबाट कानुन ल्याउँदा उपयुक्त हुन्छ : सभामुख अर्याल
२०८३ कार्तिक १३, शुक्रबार