श्रावण २०, २०८३ बुधबार August 5, 2026

कांग्रेसप्रति सकारात्मक माहोेल बनिरहेको छः महामन्त्री पौडेल

आगामी निर्वाचनमा हामीलाई राम्रो नतिजा आउने वातावरण बन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले देशभर आफ्नो पार्टीप्रति सकारात्मक माहोल बनिरहेको बताएका छन् । धौलागिरिबाट काठमाडौँमा आएर बसोबास गरिरहेका काँग्रेसका अगुवा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा आज उनले देशभर काँग्रेसको पक्षमा सकारात्मक माहोल बनिरहेको बताएका छन् ।

महामन्त्री पौडेलले देश विकासका लागि ‘भिजन १०’ का साथ अघि बढेकाले पार्टीका उम्मेदवारका पक्षमा सकारात्मक प्रतिक्रिया आइरहेको उल्लेख गरे । “देशैभर सकारात्मक माहोल बनिरहेको छ, यसले आगामी निर्वाचनमा हामीलाई राम्रो नतिजा आउने वातावरण बन्छ”, उनले भने ।

कार्यकर्ता र आमनागरिकको अपेक्षाअनुसार काँग्रेस नीतिगत र देश बदल्ने योजनामा समेत प्रष्ट भएको उल्लेख गर्दै महामन्त्री पौडेलले यो विषय सबैमाझ बुझाउन उम्मेदवार, नेता कार्यकर्ता र शुभेच्छुक सबै लाग्नुपर्नेमा जोड दिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया