श्रावण २०, २०८३ बुधबार August 5, 2026

उज्यालो पार्टीको हेटौंडामा तय भएको भेटघाट कार्यक्रम स्थगित

अध्यक्ष कुलमान घिसिङको प्रतिकूल स्वास्थ्य अवस्थाका कारण स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। उज्यालो नेपाल पार्टी (उनेपा)को हेटौंडामा आज हुने भनिएको भेटघाट कार्यक्रम स्थगित भएको छ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै हेटौंडामा गर्ने भनिएको भेटघाट कार्यक्रम पार्टी अध्यक्ष कुलमान घिसिङको प्रतिकूल स्वास्थ्य अवस्थाका कारण स्थगित भएको पार्टीका जिल्ला कमिटि योञ्जन सुरेन्द्र लामाले जानकारी दिएका छन्।

विज्ञप्तिमा लेखीएको छ, ‘उहाँको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उक्त कार्यक्रम सञ्चालन गर्न सम्भव नभएकाले कार्यक्रम हालका लागि स्थगित गरिएको हो । हामी उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया