श्रावण २०, २०८३ बुधबार August 5, 2026

कांग्रेसले आज पोखरामा आमसभा गर्दै

सभापति गगनकुमार थापा तथा उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, फागुन १५ । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज पोखरामा आमसभाको आयोजना गर्दैछ ।

पोखराको अमरसिंहचौरमा हुने आमसभालाई पार्टीका सभापति गगनकुमार थापा तथा उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने नेपाली कांग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नविन सिग्देलले जानकारी दिए। आमसभामा प्रदेशभित्रका १८ वटै निर्वाचन क्षेत्रका उम्मेदवारसहित नेता तथा कार्यकर्ता सहभागी रहने जनाइएको छ ।

आमसभामार्फत बदलिएको कांग्रेसको स्पष्ट विचार, नीति, कार्यशैली तथा आगामी योजनाबारे जनतालाई प्रत्यक्ष सन्देश दिइने प्रवक्ता सिग्देलले बताए । निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरूले आफ्नो प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया