काठमाडौं । जनार्दन शर्मा ले मतदान गरेका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता तथा रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका शर्माले रुकुम पश्चिमस्थित यमुनानन्द नमुना माध्यमिक विद्यालय को सेरीगाउँमा रहेको मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
बिहानै मतदान केन्द्र पुगेका शर्माले मतदानपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै लोकतन्त्रको सुदृढीकरणका लागि नागरिकको सहभागिता अत्यन्त महत्वपूर्ण हुने बताए। उनले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए।
शर्मा रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार रहेका छन्। आफ्नो क्षेत्रका मतदाताले विकास, सुशासन र राजनीतिक स्थायित्वको पक्षमा मतदान गर्ने विश्वास उनले व्यक्त गरे। साथै उनले मतदातालाई निर्धक्क भएर मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न पनि आग्रह गरे।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया