काठमाडौं, २३ फागुन। सर्लाही क्षेत्र नम्बर–४ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले अग्रता कायमै राखेका छन्।
पछिल्लो मतपरिणामअनुसार सिंहले ९ हजार ३७ मत प्राप्त गर्दै प्रतिस्पर्धामा अघि रहेका छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार तथा पार्टीका सभापति गगन कुमार थापाले पछ्याइरहेका छन्। थापाले हालसम्म ५ हजार ८२८ मत प्राप्त गरेका छन्।
दुवै उम्मेदवारबीच हाल ३ हजार २०९ मतको अन्तर रहेको छ। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन भने अझै बाँकी छ।
सर्लाही–४ मा मुख्य प्रतिस्पर्धा रास्वपाका सिंह र कांग्रेसका थापाबीच देखिएको छ। मतगणनाको सुरुवातदेखि नै सिंहले अग्रता कायम राख्दै आएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया