श्रावण २०, २०८३ बुधबार August 5, 2026

कास्की २ मा रास्वपाका पौडेल निर्वाचित

कांग्रेसका माधवप्रसाद बास्तोला छ हजार ५०० मतसहित तेस्रो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी। प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल ३१ हजार ९११ मतसहित विजयी हुनुुभएको छ ।

यस क्षेत्रमा नेकपा (एमाले)का रश्मी आचार्यले सात हजार ४९३ मतसहित दोस्रो बन्नुभयो भने नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला छ हजार ५०० मतसहित तेस्रो बन्नुुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमजङ गुरुङले एक हजार ६४३ मत, नेपाली कम्युनिष्ट पार्टीका हेमबहादुर थापा पराजुलीले एक हजार २७६ मत, उज्यालो नेपाल पार्टीका कुशल गुरुङले एक हजार २०१ मत प्राप्त गर्नुुभएको कार्यालयले जनाएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया