श्रावण २०, २०८३ बुधबार August 5, 2026

कपिलवस्तु–३ मा कांग्रेसका शाह विजयी

रास्वपाका उम्मेदवार प्रकाश रजौरियालाई ४ हजार ६४५ मतको अन्तर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै, २३ फाल्गुन । प्रतिनिधिसभा सदस्य चुनावमा कपिलवस्तु क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका अभिषेकप्रताप शाह विजयी हुनुभएको छ ।

शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश रजौरियालाई ४ हजार ६४५ मतान्तरले हराउनुभएको हो । शाहले २३ हजार ५३५ र रजौरियाले १८ हजार ८९० मत प्राप्त गर्नुभएको छ ।

यस्तै नेकपा एमालेका वीरेन्द्र कुमार कनौडिया १४ हजार ७६३ मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ ।

योसँगै कांग्रेस अहिलेसम्म ९ ठाउँमा विजयी भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया