काठमाण्डाै । प्रतिनिधिसभा सदस्य चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पहिलाे जीत हात पारेकाे छ ।
जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी हुनुभएकाे हाे । शाहीले १४ हजार ८१६ मत प्राप्त गर्नुभयाे । उहाँका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गर्नुभएकाे छ ।
देशभरका सबैजसाे ठाउँमा बलियाे देखिएकाे राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा जुम्लामा भने कमजाेर देखिएकाे छ । यहाँ रास्वपाकी बिनिता कठायतले ४२१ मतसहित पाँचाैँ स्थानमा रहनुभएकाे छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया