श्रावण २०, २०८३ बुधबार August 5, 2026

१४ क्षेत्रमा कांग्रेस विजयी, यी हुन् निर्वाचित उम्मेदवार (सूची हेर्नुहोस्)

तीन क्षेत्रमा अग्रता कायमै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै जाँदा नेपाली कांग्रेसले अहिलेसम्म १४ वटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ। विभिन्न जिल्लामा भएको मतगणनाको अन्तिम नतिजाअनुसार कांग्रेसका उम्मेदवारहरू उल्लेखनीय मतान्तरसहित निर्वाचित भएका हुन्।

रौतहट–२ बाट मो. फिरदोश आलम २९ हजार ५२८ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाका किरणकुमार साहले १८ हजार ४४२ मत प्राप्त गरे। पाँचथरबाट नरेन्द्रकुमार केरुङ १७ हजार २३३ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी श्रम संस्कृतिका हस्तराज शेर्माले १४ हजार ७३४ मत पाए।

हुम्लाबाट जयपति रोकाय ८ हजार ७९६ मतसहित निर्वाचित भएका छन् भने नेकपाका दीपेन्द्र रोकायले ७ हजार २४३ मत प्राप्त गरेका छन्। पाल्पा–१ बाट सन्दिप राना १८ हजार ३३६ मतसहित विजयी हुँदा एमालेका नारायण आचार्यले १६ हजार ८१९ मत प्राप्त गरे।

सुर्खेत–१ बाट विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका धु्रबकुमार शाहीले १८ हजार ८९० मत पाए। कपिलवस्तु–३ बाट अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी हुँदा रास्वपाका प्रकाश रजौरियाले १८ हजार ८९० मत प्राप्त गरेका छन्।

अछाम–१ बाट भरतकुमार स्वार १० हजार ७५९ मतसहित निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी नेकपाका भीमबहादुर रावलले १० हजार २३३ मत पाए। जाजरकोटबाट खडकबहादुर बुढा २० हजार १४२ मतसहित विजयी हुँदा नेकपाका शक्तिबहादुर बस्नेतले १७ हजार ४०७ मत प्राप्त गरे।

डोटीबाट भरतबहादुर खड्का १४ हजार ८९७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका दीपकबहादुर धामीले १४ हजार ११० मत प्राप्त गरे। तेह्रथुमबाट सन्तोष सुब्बा ११ हजार ५६१ मतसहित निर्वाचित हुँदा एमालेका भानुभक्त ढकालले १० हजार ६८२ मत पाए।

दैलेख–१ बाट बासना थापा १२ हजार ३७२ मतसहित विजयी भएकी छन् भने एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरेका छन्। रसुवा–१ बाट मोहन आचार्य १० हजार ६५६ मतसहित निर्वाचित भएका छन्, उनका प्रतिस्पर्धी रास्वपाका बसन्त भट्टले ५ हजार ५७१ मत पाए।

त्यस्तै, मुस्ताङबाट योगेश गौचन थकाली ३ हजार ३०७ मतसहित विजयी भएका छन् भने एमालेका ईन्द्रधार विष्टले १ हजार ८०३ मत प्राप्त गरे। मनाङबाट टेकबहादुर गुरुङ २ हजार ४१५ मतसहित विजयी हुँदा नेकपाकी यशोदा गुरुङ (सुवेदी)ले ४५४ मत प्राप्त गरेकी छन्।

यससँगै हालसम्म नेपाली कांग्रेसले देशभरका विभिन्न निर्वाचन क्षेत्रमा १४ सिट आफ्नो पक्षमा पारेको छ। मतगणना जारी रहेका अन्य क्षेत्रमा पनि नतिजा क्रमशः सार्वजनिक हुँदै गएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया