कर्णाली । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मुगुबाट नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर शाही विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीले पाँच हजार ६१७ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
गत बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार पूर्णबहादुर रोकायले पाँच हजार एक मत प्राप्त गरेका छन्। यससँगै शाहीले ६१६ मतान्तरले विजय हासिल गरेका हुन्। मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरका अनुसार मतगणना सकिएपछि अन्तिम परिणाम सार्वजनिक गरिएको हो।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार चन्द्रबहादुर शाहीले दुई हजार ४४० मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भुवन टमटाले ३७१ मत पाएका छन्। यस निर्वाचन क्षेत्रमा सात दलका उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए।
मुगुमा कुल ३६ हजार ६०५ मतदाता रहेकोमा २२ हजार १६८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। मतगणना सम्पन्न भएसँगै कांग्रेसका उम्मेदवार शाही मुगुबाट प्रतिनिधिसभामा निर्वाचित भएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया