श्रावण २०, २०८३ बुधबार August 5, 2026

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक स्थगित, भोलि बिहान बस्ने

पछिल्ला विकसित राजनीतिक घटनाक्रम र सरकार गठनको प्रक्रियाबारे पनि बैठकमा गम्भीर छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार बैठक भोलि बस्ने तय गरिएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

उनका अनुसार सचिवालय बैठक भोलि बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ। बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिसबारे छलफल हुने बताइएको छ।

साथै पछिल्ला विकसित राजनीतिक घटनाक्रम र सरकार गठनको प्रक्रियाबारे पनि बैठकमा गम्भीर छलफल हुने जनाइएको छ। विशेषगरी पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सम्भावित सरकार गठनका विषयमा समेत बैठकमा चर्चा हुने स्रोतले जनाएको छ।

प्रतिनिधिसभा निर्वाचनपछि नयाँ राजनीतिक समीकरणको चर्चा भइरहेका बेला रास्वपाको सचिवालय बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया