श्रावण २०, २०८३ बुधबार August 5, 2026

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइबार बस्ने

दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनौट गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३० फागुन । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भइसकेपछि कांग्रेसले पहिलोपटक कार्यसम्पादन समिति बैठक बोलाएको हो ।

आइतबार दिउँसो १ः०० बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको केन्द्रीय कार्यालयका कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए।

समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनौटका लागि बैठक बोलाइएको उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया