काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङ ले आफूले सांसदको रूपमा पाउने तलब तथा सरकारी सुविधा नलिने घोषणा गरेका छन्। पार्टीले आयोजना गरेको सांसद अभिमुखीकरण कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
‘म तलब खादिनँ, सरकारी गाडी पनि चढ्दिनँ। मेरो आफ्नै गाडी छ, म आफैँ सक्षम छु,’ गुरुङले भने। उनले जनप्रतिनिधिका रूपमा आफूले व्यक्तिगत सुविधा भन्दा पनि जनताको सेवा र जिम्मेवारीलाई प्राथमिकता दिने उल्लेख गरे ।
गुरुङले संसद्मा आफ्नो भूमिका प्रभावकारी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै जनताको अपेक्षा पूरा गर्ने दिशामा काम गर्ने बताए। उनले राजनीतिमा पारदर्शिता, सादगी र उत्तरदायित्व कायम गर्न आफूले यस्तो निर्णय लिएको संकेत गरेका छन् ।
रास्वपाले नयाँ सांसदहरूलाई जिम्मेवारीप्रति सजग र जनउत्तरदायी बनाउन अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया