श्रावण २०, २०८३ बुधबार August 5, 2026

नेकपा नेता ओलीलाई समवेदना दिन गुण्डुमा

रञ्जिता श्रेष्ठ, देव गुरुङ र पम्फा भुसाललगायत सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। केपी शर्मा ओलीसँग समवेदना व्यक्त गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू भक्तपुरको गुण्डु पुगेका छन्।

स्वर्गीय बुबा मोहनप्रसाद ओलीको काजक्रिया गरिरहनुभएका ओलीलाई भेट्न नेकपाका नेताहरू मंगलबार त्यहाँ पुगेका हुन्। भेटमा रञ्जिता श्रेष्ठ, देव गुरुङपम्फा भुसाललगायत सहभागी थिए।

नेताहरूले ओलीप्रति गहिरो समवेदना व्यक्त गर्दै स्वर्गीय आत्माको चिरशान्तिको कामना गरेका थिए। साथै, शोकको यस घडीमा परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना पनि व्यक्त गरिएको थियो।

भेटघाटका क्रममा देशको वर्तमान राजनीतिक अवस्था, समसामयिक चुनौती र मुलुकको अवस्थाबारे समेत संक्षिप्त कुराकानी भएको बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया