श्रावण २०, २०८३ बुधबार August 5, 2026

काँग्रेस सभापति गगन थापाले दिए राजिनामा

केन्द्रीय कार्यसमिति बैठक अगावै थापाको राजीनामा पत्र केन्द्रीय कार्यालयमा दर्ता हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उपसभापति विश्व प्रकाश शर्मालाई बुझाएको राजीनामा अझै केन्द्रीय कार्यालय सानेपामा दर्ताका लागि पुगेको छैन। सभापति थापाले बुधबार साँझ उपसभापति शर्मालाई राजीनामा बुझाएको थापाका एक सहयोगीले जानकारी दिए । तर शर्माले दर्ता गर्नका लागि तोक लगाएका छैनन् ।

काङ्ग्रेसको विधानमा सभापतिले उपसभापति समक्ष राजीनामा बुझाउने र उपसभापतिले केन्द्रीय कार्यालयमा दर्ता गर्न भन्ने छ । यसरी आएको राजीनामा केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्ने प्रावधान छ । अहिले सभापति थापाले राजीनामा बुझाए पनि शर्माले तोक लगाएर दर्ताका लागि आदेश दिई नसकेको थापाका एक सहयोगी नेताले जानकारी दिए ।

ती नेताले दिएको जानकारी अनुसार शुक्रबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक अगावै थापाको राजीनामा पत्र केन्द्रीय कार्यालयमा दर्ता हुनेछ र उपसभापति शर्माले सभापतिको राजीनामा आएकोले छलफल गर्ने प्रस्ताव पेस गर्नेछन् ।

फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले त्यसको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन् । चैत ६ गते केन्द्रीय कार्यसमिति बैठक आह्वान भएपछि थापाले राजीनामा दिएका हुन्।

गएको पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको विशेष महाधिवेशनबाट थापा पार्टी सभापति बनेका थिए। त्यसको वैधानिकतालाई लिएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा दायर गरेको रिट अहिले पनि विचाराधीन अवस्थामा छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया