श्रावण १९, २०८३ मंगलबार August 4, 2026

रास्वपामा मतदान बिना नै बालेन शाह संसदीय दलका नेता बन्ने

सात बुँदे पूर्वसहमति अनुसार बालेनलाई संसदीय दलको नेता बनाउने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो संसदीय दलको नेता निर्वाचित गर्न मतदान नगर्ने भएको छ । पार्टीका शीर्ष नेताहरूको छलफलपछि पार्टीका सबै निर्वाचित सांसदहरूके सहमतिमै दलको नेता सर्वसम्मत निर्वाचित गर्ने तय गरिएको छ ।

रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई सर्वसम्मत संसदीय दलको नेता बनाउने सहमति भएको हो । उक्त सहमति अनुमोदनका लागि १२ गतेतिर केन्द्रीय समिति बैठक बस्ने तयारी गरिएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

पार्टीले चुनाबअघि नै बरिष्ठ नेता शाहलाई प्रधानमन्त्रीको रूपमा अगाडि सारेको थियो । बिहीबार सभापति रवि लामिछाने र शाहसहितका चार नेताबीच भएको छलफलमा सात बुँदे पूर्वसहमति अनुसार बालेनलाई संसदीय दलको नेता बनाउने सहमति जुटेको हो ।

सर्वसम्मत सहमति भइसकेकाले संसदीय दलको नेता बनाउन विधान संशोधन आवश्यक नपर्ने बताइएको छ । पार्टीको तर्फबाट प्रधानमन्त्रीको शपथ प्रस्ताव चैत १३ गतेका लागि गरिएको छ । यसबारे अन्तिम निर्णय भने सरकार र राष्ट्रपतिको कार्यालयको तयारीमा निर्भर रहने बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया