श्रावण १९, २०८३ मंगलबार August 4, 2026

वर्तमान राजनीतिक अवस्था गम्भीर मोडमा पुगेको मसाल महामन्त्री सिंहको दाबी

सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत जनमत प्रभावित पारिएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रूपन्देही । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह ले वर्तमान राजनीतिक अवस्था गम्भीर मोडमा पुगेको बताएका छन्। बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले हालको जनमत बाह्य प्रभाव, विशेषतः अमेरिकी रणनीतिअनुसार आएको आरोप लगाउँदै निर्वाचन प्रक्रिया नै प्रश्नमा परेको बताएका हुन्।

उनले हालै सम्पन्न आम निर्वाचन, देशभर भएका आन्दोलन तथा हिंसात्मक घटनाबारे पार्टीको धारणा सार्वजनिक गर्दै यसलाई वास्तविक जनमत मान्न नसकिने दाबी गरे। संसद् विघटनदेखि पुनः निर्वाचनसम्मको प्रक्रिया योजनाबद्ध रूपमा अघि बढाइएको उल्लेख गर्दै त्यसले कठपुतली सरकार निर्माणको आधार तयार गरेको टिप्पणी गरे।

महामन्त्री सिंहले चैत २३ र २४ गते भएको आन्दोलनलाई भ्रष्टाचार, सामाजिक अन्याय र विसंगतिविरुद्धको जनअसन्तोषको अभिव्यक्ति भने पनि स्पष्ट नेतृत्व अभावका कारण अवसरवादी शक्तिहरूले त्यसलाई “हाइज्याक” गरेको आरोप लगाए। साथै, सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत जनमत प्रभावित पारिएको उनको भनाइ छ।

उनले हिंसात्मक घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र बाह्य प्रभावबाट मुक्त राष्ट्रिय नीति अवलम्बन गर्न आग्रह गरेका छन्। साथै, राष्ट्रिय स्वाधीनता जोगाउँदै पारदर्शिता र जनहितअनुसार राजनीति सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया