श्रावण २०, २०८३ बुधबार August 5, 2026

कांग्रेस केन्द्रीय समितिद्वारा सभापति गगन थापाको राजीनामा अस्वीकृत

गगन थापाले बुधबार सभापति पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसको शुक्रबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गरेको छ ।

आइतबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले थापाले बुधबार सभापति पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय लिएको हो ।

गत बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई दिएको राजीनामासम्बन्धी पत्र केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकमा पेश भएको थियो ।

उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले फागुन २१ गतेको निर्वाचनको समीक्षा र पार्टीको नियमित पन्ध्रौँ महाधिवेशन’बारे पनि छलफल गरेको थियो । त्यही छलफलका क्रममा सभापति थापाको राजीनामाबारे सबै नेताको कुरा सुनेपछि स्वीकार नगर्ने निर्णय आइतबार गरेको हो ।

थापा अनुपस्थित रहेपछि सभापतिको कुर्सी खाली राखेर बैठक सञ्चालन गरिएको थियो। बैठकको नेतृत्व उपसभापति शर्माले गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया