श्रावण १९, २०८३ मंगलबार August 4, 2026

काँग्रेस केन्द्रीय समिति बैठकमा गगन थापा सहभागी हुने

आगामी भदौभित्रै महाधिवेशन सम्पन्न गर्नेगरि कार्यतालिका ल्याउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ९ चैत्र । नेपाली कांग्रेसको भोलिको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगनकुमार थापा पनि सहभागी हुने भएका छन्। २१ फागुनको निर्वाचनमा पार्टीले पराजय व्यहोरेपछि थापाले राजीनामा दिएका थिए । तर, हिजोको बैठकबाट थापाको राजीनामा अस्विकार भएको छ । सभापति थापाले नै भोलिको बैठकको सभापतित्व गर्ने भएका छन् ।

शेरबहादुर देउवा र शेखर कोइराला समूहले समानान्तर गतिविधि थालेपछि थापा समूह थप सक्रिय भएको हो । देउवा समूहले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएको छैन । पार्टीको आधिकारिकताको विवाद पनि अदालतमा विचाराधिन भएकोले देउवाले समूहले समानान्तर गतिविधि बढाएको हो ।

देउवा–कोइराला समूहका नेताहरुले यसबारेमा सार्वजनिक रुपमै बोल्न थालेपछि थापाको कार्यसमितिले भोलिको लागि बैठक बोलाएको हो । भोलिको बैठकमा १५औं महाधिवेशनको कार्यतालिका ल्याउने बताईएको छ । कतिपयले आगामी बैशाखमै १५औं महाधिवेशन गरिनुपर्ने बताएपनि समय अभावको कारण आगामी भदौभित्रै महाधिवेशन सम्पन्न गर्नेगरि कार्यतालिका ल्याउन लागिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया