श्रावण १९, २०८३ मंगलबार August 4, 2026

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

संसदीय दलको नेता चयन गर्ने मुख्य एजेण्डा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछाने को निर्देशनअनुसार बैठक चैत १२ गते बस्ने तय गरिएको हो।

रास्वपाका अनुसार बैठक दिउँसो ४ बजे वनस्थलीस्थित पार्टी कार्यालयमा बस्नेछ। बैठकमा विशेषगरी संसदीय दलको नेता चयन गर्ने मुख्य एजेण्डा रहने जनाइएको छ।

यसका साथै बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीको आगामी रणनीति तथा संगठनात्मक विषयमा पनि छलफल हुने बताइएको छ।

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि पार्टीभित्र नेतृत्व चयन र रणनीति निर्धारणको प्रक्रिया तीव्र भइरहेका बेला बोलाइएको यो बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया