काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति जारी छ । आज पनि बिहान ११ बजेदेखि बैठक सुरु हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी गराएका छन् ।
मंगलबारदेखि जारी बैठकमा पुरानै एजेन्डामा केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् । हिजो सभापति गगनकुमार थापाले भदौ २४–२६ मा १५औँ अधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेपछि केन्द्रीय सदस्यहरुको धारणा राख्ने क्रम जारी छ ।
यस्तै, समसामयिक, सुशासन स्थापना, संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन, केन्द्रीय निर्वाचन समिति गठनबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया